२०८१ बैशाख २२

सुनको अण्डा पार्ने कुखुरा सरह हाइड्रोको सेयर, यी कम्पनीको सेयर किन्दा मालामाल

साभार: आर्थिक सवाल

काठमाडौं – नेपाल जलश्रोतको दोश्रो धनी देश हो । नेपालमा उत्पादित विद्युतले विश्वको ठूलो भागलाई उज्यालो पार्न सक्छ ।

त्यही भएर अहिले नपालका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको सेयर किन्न तछाड मछाड गरिरहेका छन । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले राम्रो प्रतिफल दिन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अनन्त)ले अब हाईड्रोमा लगानी गर्ने समय आएको बताएपछि हाइड्रोमा चहलपहल बढेको हो । उनले एक कार्यक्रममा ‘हाइड्रोको सेयर भएकाहरुलाई छोरी दिने अवस्था सृजना हुँदैछ’ भनेर अभिब्यक्ति दिएका थिए । उनको यही अभिव्यक्तिका कारण लागनीकर्ता आकर्षित भएका हुन ।


Advertisement


हाइड्रोमा लगानी गर्ने यो उत्तम समय हो । किनभने अहिले प्रायजसो हाइड्रो कम्पनीको सेयर १०० हाराहारीमा । यो समयमा गरेको लगानीले राम्रो प्रतिफल दिने लगानीकर्ताहरुको भनाई छ । अहिले अरुण भ्याली हाइड्रोपावर (AHPC), बरुण हाइड्रोपावर (BARUN) र रिदी हाइड्रोपावर विकास कम्पनी(RHPC)मा लगानी गर्दा उच्च प्रतिफल पाइने सम्भावना छ । यी कम्पनीहरुको नाफा ठूलो संख्यामा बढेको छ ।

एक लागनीकर्ताले आर्थिक सवालसँग कुरा गर्दै भने, ‘अबको समय हाइड्रो समय हो । यो समयमा हाइड्रोमा जसले लागनी गर्छ उसको मालामाल हुन्छ । अहिलेका लागि हाइड्रो सुनको अण्डा पार्ने कुखुरा जस्तै हो ।’

Copy link
Powered by Social Snap