२०८३ असार १६

अर्थतन्त्र

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

अर्थतन्त्र, कर्पोरेट, शेयर बजार
साभार: रातोपाटी काठमाडौँ । अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो टे«डमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ । नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन् ।   ट्रेडमाकका लागि ४२ वटा चिया...
सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

अर्थतन्त्र, देश, बैँक/ बीमा, शेयर बजार, समाचार
Credit: OnlineKhabar ४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो । केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो । सिभिलका सीईओ गुरूङ सिभिल बैंक...
ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
साभार: सेतोपाटी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ। Advertisement २५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ। ५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ। ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन। ...
प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar २ असोज, काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ । भदौ ३१मा असोज एक र दुई गते बल्खु, कालीमाटी र तीनकुनेका तरकारी बजारमा दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका ७ व्यापारिक फर्मलाई नगद जरिवाना गराएर विभागले उन्मुक्ति दिएको हो । बिहीबार ६ वटा प्याज व्यवसायीलाई ९ लाख ६५ हजार जरिवाना तिराएर थप कारबाही नगरेको विभागले शुक्रबार कालीमाटीको एक पसललाई ५० हजार जरिवाना तिराएको छ ।बिहीबार उलक तरकारी भण्डारलाई ५५ हजार, दुलाल आलु भण्डारलाई  ५५ हजार, व्यवसायी बिशेष गौतमलाई ५५ हजार रुपैयाँ विभागले जरिवाना गरेको थियो । Advertisement यस्तै रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार, पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार, आके ट्रेडर्सलाई तीन लाख रुपैयाँ विभागले ...
मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

अर्थतन्त्र, कभर स्टोरी, नेपाली ब्रान्ड
साभार: सेतोपाटी झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्। 'साथी र आफन्तले 'आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन' भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,' ३५ वर्षीया देविका सुनाउँछिन्। उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो। केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ। पोहोरदेखि उनले मकैका खोस्टाका झोला चीन पठाउन थालेकी छन्। डेढ वर्षमा ४८ हजार वटा निर्यात भइसकेको उनी बताउँछिन्। अहिले भने चीनबाट वार्षिक दस लाख वटाको माग आएको छ। कसरी सुरू भयो त उनको यस्तो झोला व्यवसाय? यसको...
महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।  भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ ।  Advertisement काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ । ...
भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याज निर्यात रोक्यो, नेपालमा ह्वात्तै बढ्यो मूल्य

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar ३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’ Advertisement कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो । भारतले निर्यात रोकेको बहानामा व्यापार...
टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको टिएमएसमा पुन दोस्रो पटक बिग्रिएको छ । नेप्सेको टिएमएसमा कारोबार सुरु भएको सवा घन्टामा बन्द भएको थियो । दुई बजे हाराहारीमा खुलेको बजार सवा दुई देखि ५ बजेसम्मको लागि समय थप गरिएको थियो । Advertisement कारोबार समय थपेको ५ मिनेटमा पुन समस्या देखिएको छ । कारोबार खुलेको केही समयमा नै नेप्से सूचक ३ अंकले बढेको छ । ...
निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

अर्थतन्त्र, देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ- ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा ।’ हो त्यस्तै भएको छ अहिले हाम्रो नेपालमा । जनतालाई सांस्कृतिक जात्रा देखाउनसमेत प्रतिवन्ध लगाएको सरकारले भने एकपछि अर्को जात्रा देखाइरहेको छ । कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार कोरोना महामारीको व्यवस्थापनमा चुकेको छ । रमाइलो कुरा के छ भने विज्ञानलाई चुनौति दिँदै प्रधानमन्त्री स्वयं कोरोनाको औषधि बेसार पानी हो भनेर प्रबचन दिइरहेका छन् । बेसार र तातोपानीले कोरोना निको पार्छ भनेर कस्ले भनेको भनेर सांसद गगन थापाले संसदमा प्रश्न गर्दा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए- सुन्नु भएन माननीयज्यू भर्खरै मैले भनेको । प्रधानमन्त्रीज्यूलाई प्रश्न छ– बेसार र तातोपानीले कोरोना निको हुने भए ६/६ महिनासम्म लकडाउन र निषेधाज्ञा चैं किन गरेको ? तर अहँ नेकपाका अरिंगालहरु यो स्व...
लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । लकडाउन र निषेधाज्ञाको समयमा ग्यासको खपत घटेको छ । लकडाउन र निषेधाज्ञाले पूर्णरुपमा होटल तथा रेष्टुराँ बन्द भएसँगै ग्यासको खपत घटेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो । त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भएपनि उपलब्ध गराएको थियो । तर, लामो समयको बन्दाबन्दीका कारण अधिकांश मानिसहरू आफ्ना गृह जिल्ला फर्कने र पूर्णरुपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको अभाव हुन छोडेको छ । हाल विगतको तुलनामा ग्यासको खपत ३० प्रतिशतले घटेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । दैनिक एक लाखभन्दा बढी सिलिण्डर खपत हुनेमा अहिले ह्वात्तै घटेको उनले बताए । उनका अनुसार उपत्यमामा सबैभन्दा धेरै होटल, रेष्टुराँ तथा अन्य व्यवसाय बन्द भएकाले ग्यासकोे खपत कम भएको उनको भनाइ छ । साथै स्क...