महामन्त्री गगन र सिटौलालाई राखेर देउवाले थाले लोसपासँग वार्ता
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग नेपाली कांग्रेसले वार्ता थालेको छ । जसपाले गठबन्धन छाडेर एइमालेसँग तालमेल सुरु गरेपछि लोसपालाई गठबन्धनमा ल्याउने सत्ता गठबन्धनले देउवालाई वार्ता र सहमतिको अधिकार सुम्पिएको थियो । सोहीअनुरुप हिजो साँझ बैठक बोलाएका देउवाले आज महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राखेर पुनः वार्ता थालेका हुन् ।
लोसपाले हिजोको बैठकमा संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको थियो । उसले मधेस प्रदेशमा मुख्यमन्त्री पाउने गरी सहमति भए संघमा लचिलो हुने संकेत गरेको छ । कांग्रेसले भने संघमा ८ देखि १० र प्रदेशमा १९ सिट लिएर गठटबन्धनमा सामेल हुन लोसपालाई आग्रह गरेको छ ।
लोसपा नेताहरुले कांग्रेसको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो दाबी र गठबन्धनका तर्फबाट आएको प्रस्तावका विषयमा बताउन चाहेका छ...









