२०८३ बैशाख २३

Author: Senior Editor Nima

काठमाडौं १ बाट विवेकशील साझाका बन्जाडेको उमेदवारी

काठमाडौं १ बाट विवेकशील साझाका बन्जाडेको उमेदवारी

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीका शंकर बन्जाडेले काठमाडों क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली टाेपी दिवस अभियन्ता तथा उद्यमी बन्जाडेले आइतबार मनोनयन दर्ता गरेका हुन् । बन्जाडे नेपाली अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानका संस्थापक अभियान्ता तथा सफल युवा उद्यमी पनि हुन् । राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बन्जाडे नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप आवश्यक रहेको भन्दै राजनीतिमा होमिएका हुन् ।  ...
सभामुखले छाडे, निवासको राष्ट्रिय झण्डा हटाइएन !

सभामुखले छाडे, निवासको राष्ट्रिय झण्डा हटाइएन !

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिएर बिदा भए पनि सरकारी निवासमा रहेको राष्ट्रिय झण्डा भने हटाइएको छैन । लैनचोरमा रहेको सभामुखको सरकारी निवासमा राष्ट्रिय झण्डा अझै फहराइएको छ । सापकोटा भने निजी निवास कौशलटारमा सरिसकेका छन् । 
अमेरश कुमार सिंहले दिए स्वतन्त्र उमेदवारी, भन्छन्– जित्ने मै हुँ 

अमेरश कुमार सिंहले दिए स्वतन्त्र उमेदवारी, भन्छन्– जित्ने मै हुँ 

राजनीति
काठमाडौं । सर्लाही ४ मा कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् । उनले निर्धारित समयमा उमेदवारी दर्ता गराएको भन्दै सभापति शेरबहादुर देउवाका कारण आफूलाई पछि पारिएको बताउँदै मतदाताले न्याय गर्ने बताए । “मैले स्वतन्त्र उमेदवारी दर्ता गराएँ, जित्ने पनि मै हुँ,” उनले भने । ...
कास्की ३ मा माओवादी र एमालेका बागी उमेदवार

कास्की ३ मा माओवादी र एमालेका बागी उमेदवार

राजनीति
पोखरा । कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा आफ्नै उमेदवारविरुद्ध बागी परेको छ । गठबन्धनको तर्फबाट यो क्षेत्र माओवादीलाई परेको छ । माओवादीले गण्डकीका अर्थमन्त्री बराललाई अघि सारेको छ । उनले उमेदवारी दर्ता गराइसकेका छन् । तर, उनीविरुद्ध माओवादीकै अनिता भुर्तेलले उमेदवारी दर्ता गराएकी छन् ।  पार्टीले सम्बोधन नगरेको भन्दै उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।  यता, एमालेमा पनि बागी उमेदवारी परेको छ । एमालेले यो क्षेत्रमा दामोदर वैरागीलाई टिकट दिएको थियो । जिल्ला अध्यक्षमा पराजित भएका बैरागीविरुद्ध एमालेकै जगन्नाथ बास्तोलाले बागी उमेदवारी दर्ता गराएका हुन् । ...
राजेन्द्र महतोले सर्लाही २ बाट दिए उमेदवारी

राजेन्द्र महतोले सर्लाही २ बाट दिए उमेदवारी

राजनीति
जनकपुरधाम । लोसपा नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उमेदवारी दिएका छन् । आइतबार निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी दिएका हुन् ।  सोही क्षेत्रबाट प्रदेशसभातर्फ (क) मा नेपाली कांग्रेसका जगीलाल राय र (ख) बाट लोसपाका मेथुर चौधरीले उमेदवारी दिएका छन् ।  महतो ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट धनुषा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।  ...
महोत्तरी–३ बाट महन्थ ठाकुरको उमेदवारी दर्ता

महोत्तरी–३ बाट महन्थ ठाकुरको उमेदवारी दर्ता

राजनीति
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उमेदवारी दर्ता गराएका छन् । आइतबार जलेश्वरस्थित निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी मनोनयन दर्ता गरेका हुन् । उनी सत्तारूढ पाँच दलीय गठबन्धनका उमेदवार हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि ठाकुर यही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उमेदवारी मनोनयन दर्ता गराएका छन् । ठाकुरविरुद्ध एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा हरिनारायण यादवले उमेदवारी दिएका छन् ।  ...
जतिपटक चुनाव लडे त्यति नै क्षेत्र फेरे प्रचण्डले 

जतिपटक चुनाव लडे त्यति नै क्षेत्र फेरे प्रचण्डले 

राजनीति
काठमाडौ । धेरैजसो नेताहरुले एउटै निर्वाचन क्षेत्रमा पटक–पटक चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८ सालदेखि लगातार डडेलधुरा छाडेका छैनन् । देउवाले दुई क्षेत्रबाट निर्वाचन जित्दा पनि डडेलधुरा भने छाडेनन् ।  तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चुनावैपिच्छे जिल्ला र क्षेत्र नै परिवर्तन गरिरहेका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्कापक्की भएको छ ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौंबाट चुनाव लडेका थिए । दुवै निर्वाचन क्षेत्रमा निर्वाचित भएका थिए । उनले उपचुनावमा रोल्पा छाडे । उनले छाडेको निर्वाचन क्षेत्रमा माओवादीकै सन्तोष बूढा मगर निर्वाचित भए ।  उनी त्यसबेला काठमाडौं १० बाट पनि निर्वाचित भएका थिए ।  २०७० सालको...
जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

राजनीति
काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् ।  उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् । जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने भएपछि विद्रोहको जोखिम बढेको उपेन्द्र यादव निकटकै एक नेताले बताए ।  उनले बहालवाला सांसद र प्रदेश सांसदकै टिकट काटिएकाले उनीहरुले पार्टी छोडेर गठबन्धन वा अर्को पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको उनको भनाई छ ।  “हरि नारायण चौधरी, राजकिशोर यादव, सुरेन्द्र चौधरीसहितका ८ जना सांसदको टिकट काटिएको छ, प्रदेशतर्फ १२ जना विधायकको टिकट काटिएको छ,” ती नेताले भने, “त्यसकारण विद्रोह हुँदैन भन्न सकिने अवस्था छैन । तर, मैले नाम...
यी हुन् प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गठबन्धनका उमेदवार

यी हुन् प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गठबन्धनका उमेदवार

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका उमेदवारको टुङ्गो लागेको छ । प्रतिनिधिसभामा शेरबहादुर देउवा र डडेल्धुरा (क) मा माओवादी सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट उमेदवार बन्ने सहमति भएको छ । उनी ०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए । प्रदेश सभा (ख) मा कांग्रेसकोे तर्फबाट गोविन्द बोहरा उमेदवार बन्ने छन् । उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्रीसमेत छन् । देउवासँग डडेल्धुरा कांग्रेसकै पूर्वसभापति कर्ण मल्ल नेकपा एमालेको समर्थनमा प्रतिनिधिसभामा भिड्नेछन् । ०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन् । डडेल्धुरामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो शक्तिमा रुपमा छन् । गठबन्धन अन्र्तघात नभए सहजै सबै उमेदवारको जित सुनिश्चित भएको नेत...
गोरखा १ मा राजेन्द्र बजगाइँ, रामेछापमा कान्छाराम तामाङले पाए कांग्रेसमा टिकट 

गोरखा १ मा राजेन्द्र बजगाइँ, रामेछापमा कान्छाराम तामाङले पाए कांग्रेसमा टिकट 

राजनीति
काठमाडौं । कांग्रेसले गोरखा १ मा राजेन्द्र बजगाइँ र रामेछापमा कान्छाराम तामाङलाई टिकट दिएको छ । कांग्रेसले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ । गोरखाका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा बजगाइँ र अर्कोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनका उमेदवार बन्नेछन् । बजगाइँ र तामाङ व्यवसायिक पृष्ठभूमिका हुन् ।  ...