२०८१ बैशाख १४

रवि लामिछाने काठमाडौं–३ बाट कि चितवन–३ ?




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–३ वा काठमाडौं–३ मध्ये एउटा क्षेत्रमा चुनाव लड्ने भएका छन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र छानिसकेको छैन । 



Advertisement



“बढी सम्भावना चितवन–३ को छ । तर, अहिलेसम्म निर्णय भइसकेको छैन,” केन्द्रीय सदस्य दीपक बोहराले भने, “भोलि (शनिबार) सम्म निर्णय गरिसक्छौँ । त्यसपछि जानकारी गराउने नै छौँ ।”

यसअघि बोहोराले लामिछानेसँगको फोटो राखेर फेसबुक स्टाटस लेख्दै सभापतिले अन्य पदाधिकारीसँग भन्दा अर्को पार्टीको प्रमुखसँगै चुनाव लड्न सक्ने बताएका थिए । 



“सभापतिजस्तो मान्छे फुच्चे फुच्चेसँग चुनाव के लड्नु, शास्त्रमा पनि भनिएको छ । सेनापतिले सेनापतिसँगै युद्ध गर्ने छ, उसले पदिकमाथि प्रहार गर्ने छैन,” बोहोराले फेसबुकमा लेखेका थिए ।

उनले फेसबुकमार्फत नै शास्त्रले रविलाई चीतवन–३ नै जुराउला जस्तो छ भनेर उल्लेख गरेका थिए । असोज १२ गते रविले चितवनमा चुनाव केन्द्रित सभा पनि गरेका थिए ।

Copy link
Powered by Social Snap