२०८१ बैशाख ८

बालुवाटारबाट फर्किएपछि जितेन्द्र सोनारले भने– गठबन्धनको प्रस्ताव सकारात्मक छ




काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बालुवाटारबाट सकारात्मक प्रस्ताव आएको बताएको छ । 



Advertisement



छलफलका लागि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका लोसपा नेता जितेन्द्रप्रसाद सोनारले प्रस्ताव सकारात्मक आएको र गठबन्धन गरेर जाने सम्भावना बढेको प्रतिक्रिया दिए । 

“उहाँबाट सकारात्मक प्रस्ताव आएको छ । हामी गठबन्धन गरेर अघि जाने सम्भावना छ,” उनले भने । बालुवाटारको प्रस्ताव भने उनले बताउन चाहेनन् । 



जनता समाजवादी पार्टी (जसपा) नेकपा (एमाले)सँग तालमेल गर्ने गरी अघि बढेपछि गठबन्धनले लोसपालाई बालुवाटार बोलाएको हो । सोनारसँगै नेताहरु शरदसिंह भण्डारी र अनिल झा बालुवाटार गएका थिए ।

Copy link
Powered by Social Snap