२०८१ बैशाख १४

कास्की ३ मा माओवादी र एमालेका बागी उमेदवार




पोखरा । कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा आफ्नै उमेदवारविरुद्ध बागी परेको छ । गठबन्धनको तर्फबाट यो क्षेत्र माओवादीलाई परेको छ । माओवादीले गण्डकीका अर्थमन्त्री बराललाई अघि सारेको छ । उनले उमेदवारी दर्ता गराइसकेका छन् ।



Advertisement



तर, उनीविरुद्ध माओवादीकै अनिता भुर्तेलले उमेदवारी दर्ता गराएकी छन् ।  पार्टीले सम्बोधन नगरेको भन्दै उनले उम्मेदवारी दर्ता गराएकी हुन् । 



यता, एमालेमा पनि बागी उमेदवारी परेको छ । एमालेले यो क्षेत्रमा दामोदर वैरागीलाई टिकट दिएको थियो । जिल्ला अध्यक्षमा पराजित भएका बैरागीविरुद्ध एमालेकै जगन्नाथ बास्तोलाले बागी उमेदवारी दर्ता गराएका हुन् ।

Copy link
Powered by Social Snap