२०८३ बैशाख २३

Author: Senior Editor Nima

विनोद चौधरीलाई विजय गराउन विक्रम खनालको आह्वान 

विनोद चौधरीलाई विजय गराउन विक्रम खनालको आह्वान 

राजनीति
नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उमेदवार विनोद  चौधरीको विजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आह्वान गरेका छन् । नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताएका हुन् । कांग्रेसका युवा नेता समेत रहेका खनालले आजसम्म पार्टीभित्र केही समस्या रहेको भए पनि अब सबै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए । खनालले भने, “विनोद चौधरी पार्टीको उमेदवार  हो पार्टीको उमेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनुभुती  गर्नेछौ  ।”  ...
तस्बिरमा काठमाडाैं-१ का उमेदवार प्रकाशमान सिंहकाे घरदैलाे अभियान

तस्बिरमा काठमाडाैं-१ का उमेदवार प्रकाशमान सिंहकाे घरदैलाे अभियान

राजनीति
काठमाडाैं । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै उमेदवारहरू घरदैलाे अभियानमा व्यस्त छन् ।  काठमाडाैं क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह साझा उमेदवार बनेका छन् । हेर्नुहाेस्, सिंहकाे घरदैलाे अभियान : ...
हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चलेर म आफैँ चढेर आएँ : ओली

हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चलेर म आफैँ चढेर आएँ : ओली

राजनीति
बलेवा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।  सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए । एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने । उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी...
ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।  मन्त्री कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरेको बताए ।  मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनतासामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए ।  “हामी जे बोल्छौँ, त्यो गर्छौँ । नेकपा (एमाले) भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे गर्छ, त्यो बोल्दैन । केपी ओली ...
कार्यकारी राष्ट्रपतिकाे अवधारणा अघि सार्दै यादवले भने- संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेन

कार्यकारी राष्ट्रपतिकाे अवधारणा अघि सार्दै यादवले भने- संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेन

राजनीति
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी नेपालको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव । तस्बिर स्राेत : रासस काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् ।  आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै यादवले यस्ताे बताएका हुन् ।  जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए । उनले तीव्र रूपले देशलाई आर...
जनताले कांग्रेसलाई अन्तिम मौका दिन्छन् : गगन थापा

जनताले कांग्रेसलाई अन्तिम मौका दिन्छन् : गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न निर्वाचनपछि पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा थापाले त्यति बेला सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताए । उनले निर्वाचनअघि कांग्रेसले जनतामाझ गरेका प्रतिबद्धताहरू सरकारमा पुगेपछि पूरा गर्नुपर्ने उल्लेख गरे । योपटक जनताले आफूहरूलाई अन्तिम मौका दिने भन्दै उनले त्यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सबै सजग हुनुपर्ने बताए । निर्वाचनको केही समयपछि परिणाम देखिने गरी काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सबै नेताहरूलाई हुनुपर्ने उनको भनाइ छ । ...
कांग्रेसले ८० भन्दा बढी सिट जितेर आगामी सरकारकाे नेतृत्व गर्छ : प्रवक्ता महत

कांग्रेसले ८० भन्दा बढी सिट जितेर आगामी सरकारकाे नेतृत्व गर्छ : प्रवक्ता महत

राजनीति
धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावमा ८० भन्दा बढी सिट जितेर त्यसपछि बन्ने सरकारकाे नेतृत्व गर्ने दाबी गरेका छन् ।   प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले आगामी सरकारकाे नेतृत्व पनि कांग्रेसकै हुने दाबी गरे । "गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहन्छ," उनले भने । प्रधानमन्त्रीको लागि गठबन्धनका दलहरूबीच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पारे । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उनले बताए । एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढी सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए । आगामी सरकारको नेतृत्व पनि कांग्रेसकै हुने...
चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा जानुपर्‍यो : ओली

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा जानुपर्‍यो : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन् । उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डको नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नुपरेको उल्लेख गरे । सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्नो परिवार र आफ्न्तको हितमा मात्र प्रचण्ड लागिपरेको ओलीको आरोप थियो । उनले आसन्न निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने पुनः जिकिर गरे । सत्तारूढ गठबन्धनले जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने उनको भनाइ थियो । ...
सांसद गलत काममा मुछिए फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : नेता पाैडेल

सांसद गलत काममा मुछिए फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : नेता पाैडेल

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।  काठमाडौं निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेसागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए । उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनकाे भनाइ छ । उनले काठमाडौं निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताए । “सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान ...
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

राजनीति
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे । सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उमेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधानलाई कमजोर पार्ने चेष...