२०८१ बैशाख ११

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा जानुपर्‍यो : ओली




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन् ।



Advertisement



उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डको नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नुपरेको उल्लेख गरे ।



सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्नो परिवार र आफ्न्तको हितमा मात्र प्रचण्ड लागिपरेको ओलीको आरोप थियो ।

उनले आसन्न निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने पुनः जिकिर गरे । सत्तारूढ गठबन्धनले जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने उनको भनाइ थियो ।

Copy link
Powered by Social Snap