२०८३ बैशाख २३

Author: Senior Editor Nima

हुम्ला र मनाङमा नमूना मतदान

हुम्ला र मनाङमा नमूना मतदान

राजनीति
सिमकोट । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ ।  सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ ।  नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज नमूना मतदान भएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो ।  सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ । त...
मतदाता परिचयपत्र हराएमा के गर्ने ? आयोगले दियो विकल्प

मतदाता परिचयपत्र हराएमा के गर्ने ? आयोगले दियो विकल्प

राजनीति
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र नभएमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न दिने निर्णय गरेको छ ।  मतदाता नामावलीमा नाम भएका नागरिकले नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण देखाएर मतदान गर्न पाउनेछन् । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । ...
काठमाडौं–२ : ओनसरी र मणिराममा को कति बलियो ?

काठमाडौं–२ : ओनसरी र मणिराममा को कति बलियो ?

राजनीति
काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)बाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा (एमाले)बाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन् । घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरूको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट उमेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रबाट विजयी भएका थिए । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्रेसका उमेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन् । त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो । गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले ...
जुम्ला पुगेर प्रचण्डले भने– एकपटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो

जुम्ला पुगेर प्रचण्डले भने– एकपटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो

राजनीति
जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । जुम्लाको विकासबारे सत्ता गठबन्धनका बैठकहरूमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले भने, ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’  यस्तै जुम्लाको...
भोट माग्न जाँदा एकीकृत समाजवादीका उमेदवार विरोध खतिवडामाथि हातपात

भोट माग्न जाँदा एकीकृत समाजवादीका उमेदवार विरोध खतिवडामाथि हातपात

राजनीति
कठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उमेदवार विरोध खतिवडामाथि मंगलबार हातपात भएको छ । भोट माग्न स्थानीयको घरदैलोमा पुग्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा हातपात भएको हो । खतिवडा मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । उनलाई पुरुषोत्तम खड्काले हातपात गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनका अनुसार खड्का हेटौँडाका हुन् । “खतिवडामाथि सामान्य हातपात भएको हो । खड्कालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ,” प्रजिअ पाण्डेले भने । ...
म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

राजनीति
म्याग्दी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा (माओवादी)का गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभातर्फ विजयी भएको एमाले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ । कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुईपटक पराजित गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा (एमाले)का गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतान्तरले पराजित भएका गर्बुजा २०७४ सालमा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार ३०० मतान्तरल...
देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त

देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त

राजनीति
कैलाली । चुनावी प्रचारप्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निष्क्रिय रहेका नेता–कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् । कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, “सम्पर्कमा आउने सन्तुष्ट, असन्तुष्ट नेता–कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाइबुझाइ गरिरहनुभएको छ ।” भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता–कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि देउवाको औपचारिक चुनावी कार्यक्रम भने भएको छैन । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गृहजिल्ला डडेल...
राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान (तस्बिरहरू)

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान (तस्बिरहरू)

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी छन् ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ ।  राष्ट्रपति कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किने तालिका छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैद गरेका तस्बिरहरू हेर्नुहोस् : ...
सागर ढकालको गुनासो– मलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइयो

सागर ढकालको गुनासो– मलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइयो

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।  उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् ।  "मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ," उनले लेखेका छन्, "शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।" ...
ओली भन्छन्– कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुन्छौँ, एकल बहमुतको सरकार बनाउँछौँ

ओली भन्छन्– कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुन्छौँ, एकल बहमुतको सरकार बनाउँछौँ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दाबी गरेका छन् । सत्तारूढ गठबन्धनको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले मत सर्वेक्षण नै गलत रहेको जिकिर गरे ।  सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरूलाई पनि सामेल गरेर सरकार बनाउने पनि दोहोर्‍याए । मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बताए ।  "एमाले अहिले कांग्रेसको हाराहारीमा होइन । सानो मार्जिनले होइन । अत्याधिक मार्जिनले कांग्रेस भन्दा अगाडि हुन्छ । एकल बहुमत ल्याउँ...