२०८१ बैशाख १४

कार्यकारी राष्ट्रपतिकाे अवधारणा अघि सार्दै यादवले भने- संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेन


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी नेपालको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव । तस्बिर स्राेत : रासस


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् । 



Advertisement



आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै यादवले यस्ताे बताएका हुन् । 

जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए ।

उनले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताए ।

उनले समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सीमित रहने कुरा लागु हुन जरुरी रहेको बताए ।



अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए । 

अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महँगो, विकृतिमूलक भएको बताए ।

उनले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यो प्रणाली निरन्तर रहने हो भने सामान्य नागरिकले चुनाव लड्नसक्ने अवस्था नरहने उनले जिकिर गरे । 

Copy link
Powered by Social Snap