२०८१ बैशाख १५

विनोद चौधरीलाई विजय गराउन विक्रम खनालको आह्वान 




नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उमेदवार विनोद  चौधरीको विजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आह्वान गरेका छन् ।



Advertisement



नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताएका हुन् ।



कांग्रेसका युवा नेता समेत रहेका खनालले आजसम्म पार्टीभित्र केही समस्या रहेको भए पनि अब सबै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए ।

खनालले भने, “विनोद चौधरी पार्टीको उमेदवार  हो पार्टीको उमेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनुभुती  गर्नेछौ  ।” 

Copy link
Powered by Social Snap