२०८१ बैशाख २३

हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चलेर म आफैँ चढेर आएँ : ओली




बलेवा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए । 



Advertisement



सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए । एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए ।

“यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने ।



उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरू बाहिरिएपछि ढुक्क भएको बताए ।

अध्यक्ष ओलीले मङ्सिर ४ पछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए । “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आफैँ चढेर आएँ,” ओलीले भने, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।”

कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवारहररूले सम्बोधन गरेका थिए ।

Copy link
Powered by Social Snap