२०८१ बैशाख १२

कांग्रेसले ८० भन्दा बढी सिट जितेर आगामी सरकारकाे नेतृत्व गर्छ : प्रवक्ता महत




धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावमा ८० भन्दा बढी सिट जितेर त्यसपछि बन्ने सरकारकाे नेतृत्व गर्ने दाबी गरेका छन् ।  



Advertisement



प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले आगामी सरकारकाे नेतृत्व पनि कांग्रेसकै हुने दाबी गरे । “गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु स्वभाविक रहन्छ,” उनले भने ।

प्रधानमन्त्रीको लागि गठबन्धनका दलहरूबीच खासै छलफल नभएको बताउँदै महतले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पारे । सबैभन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उनले बताए । एउटै दलले बहुमत ल्याउन कठिन रहेको विश्लेषण गरेका महतले कांग्रेसले ८० भन्दा बढी सिट जित्नेमा दाबी गरे । उनले गठबन्धनले बहुमत ल्याउने बताए ।



आगामी सरकारको नेतृत्व पनि कांग्रेसकै हुने भएकोले कांग्रेस नेतृत्वले जनपक्षीय कार्य अघि सारेको उनले बताए । प्रवक्ता डा. महतले अबको सरकारले ६५ वर्षमा बृद्धभत्ता वितरण गर्ने बताएका छन् । कांग्रेसकै नेतृत्वमा  ६८ वर्षमा बृद्धभत्ता दिन सुरु गरेको बताउँदै अब बन्ने कांग्रेसको सरकारले ६५ वर्षमै बृद्धभत्ता वितरण गर्ने बताए ।

Copy link
Powered by Social Snap