२०८३ बैशाख २३

Author: Senior Editor Nima

गृहजिल्लामा देउवाले भने– फेरि जिताए प्रधानमन्त्री बन्न पाउँछु, ओलीबाट सजग रहनू

गृहजिल्लामा देउवाले भने– फेरि जिताए प्रधानमन्त्री बन्न पाउँछु, ओलीबाट सजग रहनू

राजनीति
काठमाडौं । चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन् । शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए । "तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु," देउवाले भने । उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ," उनले भने । स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको उनको भनाइ छ ।  "न्यायपालिका स्वतन्त्र हुनुपर्छ । त्यसमा गठबन्धन लागेको छ । नेपालमा स्थायित्व र स्थिरताका लागि हामी लागेका छौँ," देउवाले भने । ...
झापाबाट रवि लामिछानेले भने– देशलाई हरिकङ्गाल बनाउनेलाई पानीमुनि गएपनि छाड्दैनौँ

झापाबाट रवि लामिछानेले भने– देशलाई हरिकङ्गाल बनाउनेलाई पानीमुनि गएपनि छाड्दैनौँ

राजनीति
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झापाको धुलाबारी पुगेका छन् । शुक्रबार चुनाव प्रचारका क्रममा झापा पुगेका उनले आफूहरू काम गरेर देखाउने बताए । उनले कुन दलसँग तालमेल र जालझेल गरेर चुनाव लड्न नलागेको पनि बताए । "हामी असल काम गर्छौं कति थाहा छैन, तर एउटा पनि खराब काम गर्नेछैनौँ । शिर ठाडो पार्नेछौँ," उनले भने ।  उनले आफूहरू सरकारमा गएपछि कोही पनि विदेशी भूमिमा रुनुनपर्ने पनि बताए । "अब कोही पनि विदेशी भूमिमा रुनुपर्ने छैन । सुकुम्बासी समस्याको फाइदा उठाएर भोट मागेका छन् । हामी त्यो समाधान गर्छौं," उनले भने ।  चुनाव जिते पनि नजिते पनि आफूहरूले घरघरमा आएर काम गर्ने उनको भनाइ छ । "पहिलो चुनाव र अन्तिम मतदाता बीचको महासंग्राम हो चुनाव । देशलाई हरिकङ्गाल बनाउनेहरूलाई पानी मुनि गएपनि हामी छाड्दैनौँ । हामी गरेर देखाउँछौँ&nbs...
मतपत्र छपाइ सकियो, धमाधम ढुवानी गरिँदै

मतपत्र छपाइ सकियो, धमाधम ढुवानी गरिँदै

राजनीति
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ । यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब ८ करोड मतपत्र छपाइ गरिएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्रहरू प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्र...
दुई विद्यार्थी संगठनद्वारा निर्वाचन बहिष्कार गर्न आह्वान

दुई विद्यार्थी संगठनद्वारा निर्वाचन बहिष्कार गर्न आह्वान

राजनीति
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छन् ।  शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको निर्णयअनुसार पार्टीहरूको आसन्न संसदीय निर्वाचनलालाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक लाग्न आह्वान गरेका हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै  अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिए ।  उनले कात्तिक २३ गते १२ बजे काठमाडौंको शान्तिवाटीकामा चुनाव बहिष्कार सभा सञ्चालन गर्ने जानकारी दिए ।  यसअघि नेत्रविक्रम चन्...
सुर्खेतमा एमाले उमेदवारको आक्रामक प्रचार !

सुर्खेतमा एमाले उमेदवारको आक्रामक प्रचार !

राजनीति
सुर्खेत । सुर्खेतमा आगामी मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले)का उमेदवारलाई हेरिएको छ । तर, प्रचारमा भने एमालेका उमेदवार आक्रमक देखिएका छन् । चुनावी घोषणापत्र, एजेन्डा, प्रतिबद्धता सार्वजनिक गर्नेदेखि सामाजिक सञ्जालको प्रयोग, भिडियो, तस्बिर सार्वजनिक तथा घरदैलो प्रचारमा एमालेका उमेदवार आक्रमण देखिएका हुन् । शुक्रबार मात्रै एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यका उमेदवार यामलाल कँडेलले २८ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे । एमालेको पार्टी कार्यालय वीरेन्द्रनगरमा कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले कर्...
गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : प्रधानमन्त्री देउवा

गठबन्धन १०/१५ वर्ष जारी रहनुपर्छ : प्रधानमन्त्री देउवा

राजनीति
धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । डडेलधुरामा पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताएका हुन् । राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए । राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए । उनले भने, ‘लिपुलेक के खोसेर फिर्ता ल्याउन सकिन्छ ?’ प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेत...
एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

राजनीति
काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले बिहीबार भेटेका छन् । ओलीलाई भेट्न थम्प्सन ओली निवास बालकोट पुगेका थिए ।  भेटवार्तामा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुरा भएको अमेरिकी राजदूतावासले जनाएको छ । साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको थियो । ...
कर्णाली र सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो

कर्णाली र सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न गरेको छ । भुगोलको अवस्थाअनुसार सडक र आवश्यकताअनुसार हवाईमार्गसमेत गरी सबैभन्दा दुर्गम रहेका कर्णाली र सुदूरपश्चिमसहित चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको हो । आयोगले बिहीबारमात्रै मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी गरेको छ । योसँगै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ । शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी हुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर...
प्रदेशमा बढीमा ११ र संघमा बढीमा १५ मन्त्रालय बनाउन निर्देशन

प्रदेशमा बढीमा ११ र संघमा बढीमा १५ मन्त्रालय बनाउन निर्देशन

राजनीति
काठमाडौँ — राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गरी संघीय तहमा रहेका विभागहरू आधाभन्दा बढी कामविहीन अवस्थामा रहेकाले आधा खारेज गर्नका लागि नीतिगत व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ । ‘संविधानतः धेरै कार्यजिम्मेवारी प्रदेश र स्थानीय तहमा हस्तान्तरित भएको स्थितिमा विभिन्न आयोग तथा समितिहरूले संघीय स्तरमा रहने मन्त्रालयको संख्या कटौती गरी सिफारिश गरेअनुसार संघीय मन्त्रालयहरूको संख्या १५ मा सीमित गर्ने‚’ समितिले भनेको छ‚ ‘यसैगरी संघीय तहमा रहेका विभागहरू आधाभन्दा बढी कामविहीन अवस्थामा रहेको हुँदा आधा खारेज गर्ने गरी नीतिगत व्यवस्था मिलाउने ।’ संघीय मन्त्रालयको संख्या १५ मा...
संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी :  प्रचण्ड

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी :  प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए । मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । “यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ,” अध्यक्ष प्रचण्डले भने, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धतापत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ । आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभंग गर्नुपर्ने अवस्था छ ।” मुल...