२०८० चैत्र १५

जनताले कांग्रेसलाई अन्तिम मौका दिन्छन् : गगन थापा




काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न निर्वाचनपछि पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने जिकिर गरेका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा थापाले त्यति बेला सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताए । उनले निर्वाचनअघि कांग्रेसले जनतामाझ गरेका प्रतिबद्धताहरू सरकारमा पुगेपछि पूरा गर्नुपर्ने उल्लेख गरे ।



योपटक जनताले आफूहरूलाई अन्तिम मौका दिने भन्दै उनले त्यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सबै सजग हुनुपर्ने बताए ।

निर्वाचनको केही समयपछि परिणाम देखिने गरी काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सबै नेताहरूलाई हुनुपर्ने उनको भनाइ छ ।

Copy link
Powered by Social Snap