२०८१ बैशाख ८

ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की




काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । 



Advertisement



मन्त्री कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरेको बताए । 

मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनतासामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए । 



“हामी जे बोल्छौँ, त्यो गर्छौँ । नेकपा (एमाले) भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे गर्छ, त्यो बोल्दैन । केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उहाँको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्न सक्दैन,” उनले भने, “संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठ्ठीमा राख्ने प्रयत्नमा लाग्नुभयो । अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढिरहेको छ ।”

मन्त्री कार्कीले कांग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे । उनले अहिले गठबन्धनको संस्कृतिलाई अघि बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गरे ।

Copy link
Powered by Social Snap