झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी
झापा । पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीनवटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् ।
एमाले क्षेत्र नम्बर–२, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नम्बर–२ बाट एमालेका देवराज घिमिरे, क्षेत्र नम्बर–४ बाट लालबहादुर (एलपी) साँवा र क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी भए ।
एमाले प्रदेश इन्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य थिए । उनले योपटक स्वतन्त्र उमेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् ।
क्षेत्र नम्बर–४ बाट एलपी साँवा कांग्रेसका जिल्ला अध्यक्ष देउकुमार थेबेलाई पराजित गर्दै विजयी भए ।
एमाले अध्यक्ष ओली योपटकसहित ६ पटक निर्वाचित भइसकेका छन् । उनले ०४८ सालमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई, ०५१ मा कांग्रेसकै पूर्णानन्द दाहाललाई, ०५६ मा ...









