२०८० चैत्र १६

एमालेले जितेका वडामा अग्रता बढाउँदै भगवती चौधरी 




सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३ हजार ४८० को मतान्तरले अग्रता लिएकी छन् । स्थानीय तहमा नेकपा एमालेले जितेका वडाको मतगणना हुँदा भगवती चौधरीको मतान्तर बढेको हो ।



Advertisement



हालसम्म २० हजार ८०७ मतगणना भइसकेको छ । भगवतीलाई पच्छयाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार दोस्रो स्थानमा छन् । स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ४ हजार ५८२ मत ल्याएका छन् ।  

नेपाली कांग्रेसका विजय कुमार गच्छदार तेस्रो स्थानमा छन् । विजय कुमार गच्छदारले ४ हजार ५६३ मत ल्याएका छन् । 



हालसम्म इटहरी उपमहानगरका ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ । वडा नम्बर १४ को मतगणना जारी छ । गणना भएका वडाहरुमध्ये ६ र ८ नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर १४ स्वतन्त्रले जितेको वडा हो भने अन्य वडाहरु नेकपा एमालेले जितेको थियो । 

Copy link
Powered by Social Snap