२०७९ मंसिर २२
Advertisement

Advertisement

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी




काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।


Advertisement


कांग्रेस धादिङका सभापतिसमेत रहेका अधिकारीले सोही क्षेत्रका निवर्तमान सांसद नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरमा पराजित गरे ।



अधिकारीले ३४ हजार ४८३ मत पाउँदा एमालेका लोहनी २३ हजार ९५० मत ल्याए । 

Copy link
Powered by Social Snap