२०८३ बैशाख २२

Author: Senior Editor Nima

भक्तपुर–२ मा महेश बस्नेत ६८४ मतले पछाडि, दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर–२ मा महेश बस्नेत ६८४ मतले पछाडि, दुर्लभ थापाको अग्रता कायमै

राजनीति
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा काग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । ६१ हजार ३०० मत गणना हुँदा दुर्लभले २२,६८५ मत ल्याएका छन् । उनी ६८४ मतले अगाडि छन् ।  एमालेका महेश बस्नेतले २२,००१ मत ल्याएका छन् । यहाँ ६५ हजार ९१९ मत खसेको छ । अझै ४,६१९ मत गन्न बाँकी छ। ...
तेस्रो प्रयासमा झापाबाट उदाएका विश्वप्रकाश

तेस्रो प्रयासमा झापाबाट उदाएका विश्वप्रकाश

राजनीति
काठमाडौं । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतसहित निर्वाचित भएका छन् ।शर्मा झापा १ मा तेस्रो प्रयासमा निर्वाचित भएका हुन् ।  शर्माले १४ हजार २७५ मतको फराकिलो अन्तरले विजय हासिल गरेका हुन् ।  “मान्छेले घोडा चढ्न सिक्दा पहिलो पटक नसिक्न र लड्न पनि सक्छ ।  अर्कोपटक घोडा दगुराएर गन्तव्यमा जाँदै गर्दा पुनः लड्न सक्छ । जब मानिस अनुभवि हुन्छ, तब त्यसलाई राम्ररी कुदाउन सक्छ । ०७० को निर्वाचन मेरो परिचय र ०७४ को निर्वाचन अनुभवको निर्वाचन भयो । ०७९ को निर्वाचन परिणामको निवाचन बन्दै छ,” निर्वाचनअघि झापा १ मै भएको अन्तर्वार्तामा उनले भनेका थिए । २०७० सालमा भएको संविधानसभा सदस्यमा एमालेका रविन कोइराला र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उमेदवार तथा माओवादी नेता सुरेन्द्र कार्की ‘राम’ सँग पराजित भएका थिए । “०७० सालमा मेरो ...
झापा २ ‘ख’ मा एमालेका चिन्तन पाठक विजयी

झापा २ ‘ख’ मा एमालेका चिन्तन पाठक विजयी

राजनीति
झापा । झापा २ ‘ख’ मा नेकपा (एमाले)का उमेदवार चिन्तन पाठक निर्वाचित भएका छन् ।  पाठक ३ हजार ८४० मतान्तरसहित निर्वाचित भएका हुन् । पाठकले २० हजार १८४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उमेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत ल्याएका छन् ।
धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

राजनीति
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र–३ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा तीन हजार ६८८ मतान्तरले पछाडि परेका छन् । यहाँ नेकपा (एमाले)की उमेदवार जुली महतोको कायमै छ । पछिल्लो परिणामानुसार महतोले १५ हजार ८५१ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका झाले १२ हजार १६३ मत ल्याएका छन् । यस्तै, जनमत पार्टीका शम्भुनाथ साह पाँच हजार ६९७ मतसहित तेस्रो स्थानमा छन् । ...
कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

राजनीति
धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।  प्रतिनिधिसभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टीसहित भेटिएपछि रोकिएको मतगणना सुचारु भएको हो । अर्धकट्टीसहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएपछि विवाद भएको थियो । अहिले सहमति भएपछि मतगणना सुचारु भइसकेको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले जानकारी दिएका छन् । ...
काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'क' मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का नवीन शाहीलाई २,७९६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।  दिपेन्द्रले ६,३०० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका शाहीले ३,५०४ मत पाएका छन् । राप्रपाका रामचन्द्र अमगाईंले २,२९७ मत ल्याए । ...

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'ख' मा नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् । नेकपा (एमाले)का गणेशप्रसाद दुलाललाई १,७५७ मतले पछि पार्दै लामिछाने निर्वाचित भएका हुन् । उनी एमालेका दुलालसँग यसअघिको निर्वाचनमा पराजित भएका थिए । लामिछाने ४,५१० मतसहित निर्वाचित हुँदा एमालेका दुलालले २७५३ मत पाएका छन् । ...
जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

राजनीति
काठमाडौं । जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् ।  उनले ११ हजार ६४ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ७ हजार ५४७ मत पाएका छन् । राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।
रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

राजनीति
फाइल तस्बिर : कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन । काठमाडौं । प्रतिनिधसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेकाे राेल्पाकाे प्रदेशसभा (क) मा गठबन्धनका उमेदवारले अग्रता लिइरहँदा (ख)मा माओवादी केन्द्रका बागी उमेदवारले अग्रता लिएका छन् ।  प्रदेशसभा (ख) मा गठबन्धनका उमेदवार अमरसिंह पुन भन्दा बागी उमेदवार दिपेन्द्रकुमार पुन सिजलले अग्रता लिइरहेका छन् । सिजलले ८१९ मतले अग्रता लिएका छन् ।  कुल ११ हजार ९२१ मतगणना हुँदा सिजलले ४ हजार ६२३ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी अमरसिंहले ३ हजार ८०४ मत ल्याएका छन् । कांग्रेस प्रदेश सभापति अमरसिंहलाई लुम्बिनी प्रदेशकाे भावी मुख्यमन्त्रीकाे दाबेदारकाे रूपमा हेरिएकाे थियाे ।  यस्तै,एमालेका प्रेम घर्तिमगरले २ हजार ५८८ मत ल्याएका छन् । प्रदेशसभा (क)मा गठबन्धनका उमेदवार जोख बहादुर महाराले ३ हजार १९० ...
रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

राजनीति
बुटवल । रुपन्देही २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । सुरुआतदेखि नै दोस्रो स्थानमा रहेका पौडेलले १५ हजार मतगणना हुदा १७५ मतले अग्रता कायम गरेका हुन् । १५ हजार ६२४ मतगणना हुँदा पौडेलले ५ हजार ३११ मत ल्याएका छन् । उनलाई  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार ९६० मत ल्याएका छन् । यहाँ ८१ हजार २०२ मत खसेकोे थियो ।  ...