२०८३ बैशाख २२

Author: Senior Editor Nima

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

राजनीति
विराटनगर । मोरङ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । लिम्बूले २५ हजार ७९४ मत प्राप्त गरे ।‌ शनिबार बेलुका सकिएको अन्तिम परिणामअनुसार खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरे । मतपरिणामको औपचारिक विवरण आउन भने बाँकी छ । २०७४ मा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ‌। ...
गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

गृहमन्त्री बालकृष्ण खाँण : देउवाका भित्रिया अब संसद् बाहिर

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-३ बाट पराजित भएका छन् । चुनावी सुरक्षा कमाण्ड गर्ने मुख्य जिम्मा गृहमन्त्री हुन्छ । यसरी पराजित हुने खाँण दोस्रो गृहमन्त्री हुन् । मन्त्री खाँणलाई नेकपा एमाले समर्थनमा उम्मेदवार रहेका राप्रपाका दीपक बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् । खाँणले ३४ हजार ६ मत ल्याए भने बोहरा ३६ हजार ६४८ मत ल्याएर विजयी भए ।  यसअघि कांग्रेसबाटै चुनाव लडेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले ०६४ सालमा झापाबाट चुनाव हारेका थिए । त्यो बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सरकार थियो । ०४८ देखि तीनपटक रुपन्देहीबाटै चुनाव जितिसकेका खाँणले यसपटक आफ्नो राजनीतिक करियरकै सबैभन्दा शक्तिशाली पदमा हुँदासमेत पराजय बेहोर्नुपरेको छ । अझै रोचक त के छ भने आँफैले निर्देशन द...
सर्लाही-२ मा महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महताे पराजित

सर्लाही-२ मा महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महताे पराजित

राजनीति
जनकपुरधाम । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार यादवले २३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए । यादव सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नबाट निर्वाचन लडेका थिए । ...
मतपत्र हराएको भन्दै इलाम-२ मा मतगणना स्थगित, १ नम्बर क्षेत्रमा पनि विवाद

मतपत्र हराएको भन्दै इलाम-२ मा मतगणना स्थगित, १ नम्बर क्षेत्रमा पनि विवाद

राजनीति
विराटनगर । मतगणनाका क्रममा विवाद भएपछि इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ मतगणना स्थगित भएको छ । विवादका‌ कारण हारजितको आधिकारिक निर्णय अघि बढ्न सकेको छैन । ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएकोले मतगणना स्थगित भएको जनाइएको छ । कांग्रेस उमेदवार डम्बर खड्काले मतपत्र हराएको मात्र नभइ हस्ताक्षर समेत नभएको बताए । कांग्रेसले विरोध गरेपछि गणना स्थगित छ । त्यहाँ खड्काको २९ हजार ५ र एमालेका सुवासचन्द्र नेम्वाङको २९ हजार १३५ मत आएको छ । इलामकाे क्षेत्र नम्बर १ मा पनि मतपत्र हराएको भन्दै एकीकृत समाजवादीका उमेदवार झलनाथ खनालले परिणाम अस्वीकार गर्ने बताएका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन् । इलाममा आज पत्रकार सम्मेलन गरी खनालले पुन:मतदानकाे माग गरेका हुन् ।  ...
चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

चुनाव जितेपछि सुवालले भने- मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

राजनीति
काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।  शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् ।  भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए । उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनकाे आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।&...
समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले २० लाख बढी मत प्राप्त गरेको छ । अपराह्न ४ः१० सम्ममा एमालेले २० लाख ३८ हजार ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत प्राप्त गरेको  छ । यी दुई दलले प्राप्त गरेको समानुपातिकतर्फको मतको अन्तर ६९ हजार ६९० छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले आठ लाख ७५ हजार ८५१ मत पाएको छ । उसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ४५ हजार ६३१ मतसहित चौथो स्थानमा छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार लाख ५९ हजार २१२ मत, जनता समाजावादी पार्टी नेपालले दुई लाख ४१ हजार ७५५ मत प्राप्त गरेको  छ ।  नेकपा (एकीकृत समाजवादी) ले एक लाख ८८ हजार ११, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ५०३, जनमत पार्टीले एक लाख ७० हजार २१३ र लोकतान्त्रिक समा...

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’

राजनीति
काठमाडौं । दार्चुलामा नेपाली कांग्रसले २३ वर्षपछि चुनाव जितेको छ । आमचुनावमा दार्चुलामा कांग्रेस यसअघि ०५६ सालमा विजयी भएको थियो । अहिले यहाँबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । ०५६ सालमा नेकपा (एमाले)का उमेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू नै निर्वाचित भएका थिए । ०६४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेदवार लक्ष्मीप्रसाद जोशी विजयी भए । त्यति बेला ठगुन्ना र बडू पराजित भएका थिए । ०७० सालमा यहाँबाट एमालेका ठगुन्नाले जिते । बडूले हारे । ०७४ सालको निर्वाचनमा बडू कांग्रेसको सामानुपातिकतर्फबाट सांसद बने । त्यति बेला कांग्रेसको तर्फबाट प्रत्यक्षमा उमेदवारी दिएका वीरेन्द्रसिंह धामी पराजित भए । ठगुन्ना प्रतिनिधिसभा सदस्यमा दोहोरिए । गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले दार्चुलाका सब...
जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले जनताको चाहनाअनुरूप काम गर्न आफू केन्द्रित हुने बताएका छन् । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहनाअनुसार आफूले काम गर्ने उनको भनाइ छ । शुक्रबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गरे । आफूले त्यसो नगर्ने उनले प्रतिबद्धता जनाए । उनले तीनवटै तहका सरकारलाई अधिकारसम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे । सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरूको रहेको नेता सिंहले बताए । उनले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षे...

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

राजनीति
काठमाडौं । कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरूणकुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई ५,७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका हुन् ।  चौधरीले २१ हजार ७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२ मत पाएका छन् ।
स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

राजनीति
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याए । मरासिनीले २८ हजार ७४४ मत पाए । थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ...