२०८० चैत्र १६

प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा एमाले, कुन दलले कति मत पाए ?




काठमाडौं । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिक तर्फको मतगणना पनि जारी छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मत परिणामअनुसार नेकपा (एमाले) पहिलो नम्बरमा छ । निर्वाचन आयोगले उपलव्ध गराएको जानकारी अनुसार बिहीबार मध्यान्न ३ बजेसम्म एमाले पहिलो नम्बरमा छ । एमालेले पाँच लाख ८५ हजार ८७७ मत प्राप्त गरेको छ । 



Advertisement



समानुपातिकतर्फ कांग्रेस दोस्रो नम्बरमा रहेको छ । कांग्रेसले पाँच लाख ५६ हजार ५६६ मत छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ९४ हजार ४२८ मत पाएको छ । चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले दुई लाख ६७ हजार ६६५ मत प्राप्त गरेको छ । 

आयोगको तथ्यांकअनुसार पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । उसले एक लाख ६१ हजार १०५ मत प्राप्त गरेको छ । यस्तै, ७३ हजार ९६ मतका साथ जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । 



सातौ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीको ५१ हजार ३७३, आठौँ स्थानमा जनमत पार्टीको ४८ हजार १०२ र नवौँ स्थानमा ३८ हजार ९८० मत पाएको छ । 

समानुपातिकतर्फ दशौँ स्थानमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ३७ हजार ४९८ मत पाएको छ । यस्तै, ११ औँ नम्बरमा ३२ हजार ९०२ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी, १६ हजार १२ मतका साथ १२ औँ नम्बरमा राष्ट्रिय जनमोर्चा र ११ हजार १२३ मतका साथ मंगोल नेशनल अर्गनाइजेसन १३ औँ नम्बरमा रहेको छ ।

Copy link
Powered by Social Snap