


विराटनगर । मोरङ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् ।
Advertisement


एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

लिम्बूले २५ हजार ७९४ मत प्राप्त गरे । शनिबार बेलुका सकिएको अन्तिम परिणामअनुसार खतिवडाले २५ हजार ४६९ मत प्राप्त गरे ।
मतपरिणामको औपचारिक विवरण आउन भने बाँकी छ । २०७४ मा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ।






