२०८१ बैशाख २९

मतपत्र हराएको भन्दै इलाम-२ मा मतगणना स्थगित, १ नम्बर क्षेत्रमा पनि विवाद



विराटनगर । मतगणनाका क्रममा विवाद भएपछि इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ मतगणना स्थगित भएको छ ।



Advertisement



विवादका‌ कारण हारजितको आधिकारिक निर्णय अघि बढ्न सकेको छैन । ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएकोले मतगणना स्थगित भएको जनाइएको छ ।

कांग्रेस उमेदवार डम्बर खड्काले मतपत्र हराएको मात्र नभइ हस्ताक्षर समेत नभएको बताए । कांग्रेसले विरोध गरेपछि गणना स्थगित छ ।

त्यहाँ खड्काको २९ हजार ५ र एमालेका सुवासचन्द्र नेम्वाङको २९ हजार १३५ मत आएको छ ।

इलामकाे क्षेत्र नम्बर १ मा पनि मतपत्र हराएको भन्दै एकीकृत समाजवादीका उमेदवार झलनाथ खनालले परिणाम अस्वीकार गर्ने बताएका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन् । इलाममा आज पत्रकार सम्मेलन गरी खनालले पुन:मतदानकाे माग गरेका हुन् । 

Copy link
Powered by Social Snap