२०८३ बैशाख २२

Author: Senior Editor Nima

थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले विजयी सुरूवात गरेको छ। Advertisement शनिबार भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्‍यो। थ्रीस्टारको जितमा निशान खड्का, राफायल र अनन्त तामाङले एक एक गोल गरे। निशानले २२ मिनेटमा फ्रिककमार्फत गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। २६ मिनेटमा च्यालसका विकास मेराग्लियाको पेनाल्टीलाई थ्रीस्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए। पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा राफायलले हेमान्त थापामगरको फ्रिकिममा हेड गर्दै अग्रता दोब्बर पारे। ५८ मिनेटमा अनन्तले पनि हेमन्तकै फ्रिकिकमा तेस्रो गोल गरेका थिए।  यता दिनको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी एक एक गोलको खेलेका छन्। खेलको ६० मिनेटमा लक्ष्मण रूचालको गोलबाट संकटाले अग्रता लिएको थियो। चार मिनेट पछि नै शेर्पाका त...
कांग्रेस प्रदेश अधिवेशन : दाङ ३ ‘क’ मा देवेन्द्र रिजाल विजयी

कांग्रेस प्रदेश अधिवेशन : दाङ ३ ‘क’ मा देवेन्द्र रिजाल विजयी

राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ प्रदेश (क)को सभापतिमा संस्थापनइतर पक्षधर  देवेन्द्र रिजाल निर्वाचित भएका छन्। Advertisement रिजाल १९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे। त्यस्तै, उपसभापतिमा पुष्पराज गिरी १९४ र शालिकराम रेग्मी १८० मत प्राप्त गरी विजयी भएका छन्। सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी विजयी भएका छन्। तर, अर्को सचिव पदमा खत्री प्यानलका किरण केसीले १८४ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरे।   त्यस्तै, सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरी निर्वाचित भएका छन्। ...
रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

रोहित र राहुलको कीर्तिमानमा न्युजिल्यान्डविरूद्ध भारतको सिरिज जित

खेलकुद
न्युजिल्यान्डलाई दोस्रो खेलमा ७ विकेटले हराउँदै भारतले पाहुना टोलि न्युजिल्यान्डविरूद्ध तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ। भारतको राँचीस्थित जेएससीए अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो। लगातार दोस्रो जितसँगै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेल पनि भारतले जितेको थियो। Advertisement भारतको लागि दुबै ओपनर केएल राहुल र रोहित शर्माले अर्धसतकीय पारी खेले। राहुलले सर्वाधिक ६५ रन बनाने क्रममा ४९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान शर्माले ३६ बलमा १ चौका र ५ छक्कासहित ५५ रन जोडे। राहुल र रोहितले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। यो सँगै रोहित शर्मा ट...
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारले सार्वजनिक गर्‍यो देशव्यापी विरोधका कार्यक्रम

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारले सार्वजनिक गर्‍यो देशव्यापी विरोधका कार्यक्रम

राजनीति
नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बार महासचिव लीलामणि पौडेलले आन्दोलनका कार्यक्रमबारे शनिबार विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। Advertisement ‘हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको निन्दा र भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम तय गरेका छौं,’ महासचिव पौडेलले भने। आन्दोलनका कार्यक्रम अनुसार आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारको निर्णय छ। अदालतभित्र दंगा प्रहरीको प्रवेशको विरोधस्वरुप यो कार्यक्रम गरिने पौडेलले बताए। सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभ...
स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

स्टर्लिङ र गेलको विस्फोटक ब्याटिङले टी-१० लिगमा अबुधाबीको विजयी सुरूआत

खेलकुद
पल स्टरलिङ र क्रिस गेलको विस्फोटक ब्याटिङमा युएईमा शुक्रबारबाट सुरू भएको टी-टेन लिगमा टिम आबुधाबीले विजयी सुरुवात गरेको छ। शेखजायद रंगशालामा आबुधाबीमा भएको खेलमा बंग्ला टाइगर्सलाई ४० रनले हराउँदै विजयी सुरूआत गरेको हो। Advertisement टिम आबुधाबीले दिएको १४६ रनको लक्ष्य पछ्याएको टाइगर्सले १० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। टाइगर्सको लागि आन्द्रे फ्लेचरले ८ बलमा २४, हज्रतुल्लाह जजाईले ११ बलमा १८ रन बनाए। बेनी होवेल र इसुरु उडानाले समान १५-१५ रन जोडे। बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन्। टिम अबुधाबीका दायाँ हाते पेसर मर्चान्ट डी लांगेले सर्वाधिक ५ विकेट लिए। २ ओभरमा २३ रन खर्चिएका दक्षिण अफ्रिकी बलर लांगे प्रभिन ताम्बेपछि टी-१० फर्म्याटमा एकै इनिंग्समा ५ विकेट लिने दोस्रो बलर बने। कप्तान लियाम लिभिंगस्टोन, जेमी ओभरटन र ड्यानि ब्रि...
देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

राजनीति
नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। Advertisement आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्र छ। माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ। निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । माओवादीले वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न निर्देशन दिएको छ । निर्वाचनमा जानै परेको खण्डमा पनि समूहगत निर्वाचनमा जान नपाइने माओवादीको निर्देशन रहेको छ । अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्र...
ओलीलाई सिंहदरबारमा भेटे अमेरिकी सहायक विदेश मन्त्रीले

ओलीलाई सिंहदरबारमा भेटे अमेरिकी सहायक विदेश मन्त्रीले

राजनीति
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्षसँग भेटघाट गरेका छन्। Advertisement शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको बैठक लुले ओलीसँग भेटघाट गरेका हुन्। ओलीसँगको भेटघाटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो। भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई सहभागी थिए। बुधबार साँझ काठमाडौं आइपुगा लुले बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए। ...
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

खेलकुद
महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लगेपछि टिम पेनले अस्ट्रेलियाको टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन्। चार वर्षअघि क्रिकेट अस्ट्रेलियाका सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लागेपछि पेनमाथि अनुसन्धान थालिएको थियो। Advertisement आगामी डिसेम्बरमा हुने एसेज सिरिजअघि उनले कप्तानी त्याग्ने निर्णय  गरेका हुन्। ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्।  उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। त्यतिबेला उनी  सात वर्षपछि अस्ट्रेलियाको टेस्ट टिममा परेका थिए।  क्रिकेट अस्ट्रेलिया र क्रिकेट तास्मानियाले पेनलाई आरोपको विषयमा स्पष्ट पार्नका लागि समय दिएका छन्। पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्। साथै उनले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका ...
कृषि कानुनमा पछि हट्यो मोदी सरकार, फिर्ता लिने घोषणा

कृषि कानुनमा पछि हट्यो मोदी सरकार, फिर्ता लिने घोषणा

राजनीति
भारतमा कृषिसम्बन्धी तीन वटा कानुनका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार पछि हटेको छ। एक वर्षभन्दा बढी समय किसानले ती कानुनको विरोधमा आन्दोलन गरेपछि मोदी सरकार तीन कानुन फिर्ता लिन बाध्य भएको हो। Advertisement बिबिसी हिन्दीका अनुसार बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले साना तथा मझौला किसानको फाइदाका लागि कानुन ल्याइएको भए पनि त्यसको महत्व बुझाउन नसकेको बताए। उनले संसदको केही हप्तापछि सुरू हुने अधिवेशनमा कानुन फिर्ता लिने प्रक्रिया थालिने जानकारी दिएका छन्। पोहोर साल ती कानुन संसदमा पेश भएपछि किसानहरू आन्दोलित भएका थिए। उनीहरूले राजधानी नयाँदिल्लीमा समेत आन्दोलन गरेका गरेका थिए। विपक्षी कंग्रेस आईले पनि किसान आन्दोलनमा समर्थन जनाएको थियो। चौतर्फी विरोध हुँदा पनि मोदी सरकार कानुन फिर्ता लिने पक्षमा थिएन। उत्...
कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

खेलकुद
कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो। Advertisement पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ।  बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो। नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन्। नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हिर्काइन्। ओपनर काजल श्रेष्ठ ७ रनमा आउट हुँदा ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको य...