२०८३ कार्तिक १४

महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोपपछि पेनले दिए अस्ट्रेलियाको टेस्ट कप्तानबाट राजीनामा

महिला सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लगेपछि टिम पेनले अस्ट्रेलियाको टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन्।

चार वर्षअघि क्रिकेट अस्ट्रेलियाका सहकर्मीलाई अश्लिल सन्देश पठाएको आरोप लागेपछि पेनमाथि अनुसन्धान थालिएको थियो।


Advertisement


आगामी डिसेम्बरमा हुने एसेज सिरिजअघि उनले कप्तानी त्याग्ने निर्णय  गरेका हुन्। ३६ वर्षीय पेनले एसेज सिरिज भने खेल्नेछन्। 

उनले २०१७ मा अश्लिल सन्देश पठाएको आरोप छ। त्यतिबेला उनी  सात वर्षपछि अस्ट्रेलियाको टेस्ट टिममा परेका थिए। 

क्रिकेट अस्ट्रेलिया र क्रिकेट तास्मानियाले पेनलाई आरोपको विषयमा स्पष्ट पार्नका लागि समय दिएका छन्।

पेनले कप्तानबाट राजीनामा दिने निर्णय कठिन भएको बताउँदै चार वर्षअघि आफूले सहकर्मीलाई सन्देश पठाएको स्विकार गरेका छन्। साथै उनले अनुसन्धानमा सहयोग गर्ने बचन दिएका छन्। 

उनी सन् २०१८ मा टेस्ट टिमको कप्तान बनेका थिए। स्टेभिन स्मिथ र डेभिड वार्नर बल टेम्परिङ काण्डमा परेपछि उनी कप्तान बनेका थिए। 

अब टेस्ट टिमको उपकप्तान रहेका तीव्र गतिका बलर पाट कमिङ्ग्सलाई कप्तान बनाइनेछ। यदि एसेज सिरिजमा पेन उपलब्ध हुन नसके उनको स्थानमा एलेक्स क्यारीले खेल्न सक्नेछन्। 

क्रिकेट अस्ट्रेलिया बोर्डले पेनको राजीनामा स्विकृति गरेको  र नयाँ कप्तानको प्रक्रियामा रहेको बताएको छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap