२०८३ बैशाख २२

Author: Senior Editor Nima

५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

५० हजारमा सुरू भएको नेपाली चकलेट ब्रान्डले गर्दैछ महिनामा ६ लाखको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
धेरैले भनेको सुनेका छौं- चकलेट त विदेशी मात्र मिठो! हुन पनि गुणस्तरीय चकलेट किन्न जानुभयो भने विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!  तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ। यस्तैमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड 'येजु'को। येजु २४ वर्षीय सौरभमणि शाक्य र २१ वर्षीया सलोनीदेवी शाक्यको मेहनतको उपज हो। सलोनीदेवी शाक्य र सौरभमणि शाक्य यो ब्रान्डअन्तर्गत मार्समेलो ह्वाइट, ब्लुबेरी, रास्पबेरी, क्र्यानबेरी, डार्क, लगायत गरी २२ स्वादका चकलेट पाइन्छ। भेगन चकलेट र धेरै गुलियो मननपर्ने तथा मधुमेह भएका व्यक्तिका लागि ५०, ६० र ७० प्रतिशत कोकोआ&nb...
दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने अर्जेन्टिना दोस्रो टिम

खेलकुद
अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बन्यो। यसअघि ब्राजिलले यो क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ। Advertisement बुधबार विहान ब्राजिल र अर्जेन्टिनाबीच विश्वकप छनोटको खेलमा प्रतिस्पर्धा भएकोमा खेल गोलरहित बराबरीमा सकिएको थियो। यो खेलको नतिजापछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको भने होइन। दक्षिण अमेरिका छनोटका अन्य खेलमा इक्वेइडर, पेरू र बोलिभियाले जित निकालेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो। https://twitter.com/FIFAWorldCup/status/1460802787596386308?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1460802787596386308%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F दक्षिण अमेरिकाबाट चार टिम विश्वकप सिधा छन...
विराटनगर विमानस्थलमा प्रकाशमान-शेखर जम्काभेट

विराटनगर विमानस्थलमा प्रकाशमान-शेखर जम्काभेट

राजनीति
नेपाली कांग्रेसको महाधिवेशन नजिकिएका बेला नेताहरू जिल्ला दौडाहामा छन्। Advertisement मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आज अपरान्ह विराटनगर विमानस्थलमा जम्काभेट भएको हो। उनीहरूबीच महाधिवेशन तयारीलगायत विषयमा सामान्य कुराकानी भएको थियो। सिंह आज विराटनगरमा कार्यक्रमका लागि पुगेर काठमाडौं फर्कंदै थिए भने कोइराला विराटनगर जाँदै गर्दा विमानस्थलमा भेट भएको हो। सिंह र कोइराला दुबै कांग्रेस सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।  ...
जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
झन्डै एक दशकको जागिरे दैनिकी छाडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन्। अर्ती 'काप क्रिएसन्स' की सञ्चालक हुन्। काप क्रिएसन्स यस्तो ठाउँ हो जहाँ घरायसी प्रयोजनका कपडा, जस्तै तन्ना, सिरानीको खोल, खास्टो, तौलियालगायत कपडाहरू पाइन्छ। यी सबै नेपालमै बनेका हुन्। अर्ती कुनै पूर्व-योजना लिएर व्यवसायमा होमिएकी होइनन्। उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन्। 'जागिरमा आफूले भने जस्तो हुन्थेन। त्यसैले आफ्नै केही गर्ने सोचेँ,' काप क्रिएसन्स सञ्चालनको आइडियाबारे उनी भन्छिन्, 'घरको हरेक कुनामा कपडा हुन्थ्यो। बरू यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचेँ।' घरमा कपडा थुप्रिनुको कारण उनको पुर्ख्यौली पेसा हो। उनका बुवा थैबस्थित हिमा टेक्सटाइल कारखानाका सञ्चालक हुन्। यो कारखाना अर्तीका हजुरबुवाले स्थापना गरेका हुन्। त्यसैले...
राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, घण्टामा एक हजार उत्पादन गर्ने

राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, घण्टामा एक हजार उत्पादन गर्ने

देश, समाचार
राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो। बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्। जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे। परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए। आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे। 'पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह ...
उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

खेलकुद
विश्वकप छनोटको बलियो दाबेदार उरूग्वे बोलिभियासँग ३-० गोल अन्तरमा पराजित भएको छ। आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोटमा १० खेलाडीमा सिमित बोलिभियाले उरूग्वेमाथि सहज जित निकालेको हो। Advertisement बोलिभियालाई जिताउन जुवान कार्लोसले दुई गोल गर्दा मार्सेलो मोरेनोले एक गोल थपे । खेलको ३० औं मिनेटमा कार्लोसले गोल गर्दै बोलिभियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको उरूग्वेले यद्यपी गोल गर्न भने सकेन। खेलको ७४ औं मिनेट कार्मेलोले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। यसको प्रत्यक्ष फाइदा उरूग्वेले लिन सकेन। खेलको ७९ औं मिनेटमा कार्लोसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल...
कांग्रेस सभापति उठ्न प्रकाशमानको दौडधुप!

कांग्रेस सभापति उठ्न प्रकाशमानको दौडधुप!

राजनीति
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई हिजोआज भ्याइनभ्याइ छ। Advertisement जिल्लाहरू चाहारेर त्यहाँका नेता/कार्यकर्ता भेटेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको समूह बैठकमा सिंह जान छाडे। आफैँ सभापति उठ्ने निचोडमा पुगेका सिंह कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्। ...
राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्। Advertisement युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए।  युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्तिक १६ गते (मंगलबार) बसेको मन्त्रिस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको निमित्त सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको हो।  यसअघि सरकारले रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गरेपछि सदस्यसचिव पद खाली छ।  ...
प्रधानन्यायाधीशले छलछाम गर्न खोजेको भन्दै इजलास बसेनन् सर्वोच्चका न्यायाधीश

प्रधानन्यायाधीशले छलछाम गर्न खोजेको भन्दै इजलास बसेनन् सर्वोच्चका न्यायाधीश

राजनीति
प्रधानन्यायाधीशको राजीनामा मागेका सर्वोच्च अदालतका न्यायाधीशहरू एक सातापछि सोमबार सशर्त इजलास फर्किएका थिए। एक सातादेखि इजलास नबसेका उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले ती शर्त पूरा गरे मात्र इजलास बसेर बन्दिप्रत्यक्षीकरणका मुद्दा हेर्ने बताएका थिए।  तर प्रधानन्यायाधीश राणाले छलछाम गर्न खोजेको भन्दै न्यायाधीशहरू आज इजलास गएनन्। उनीहरूको शर्त थियो- प्रधानन्यायाधीशले इजलास छोड्नुपर्ने, बन्दिका मुद्दा मात्र तोक्नुपर्ने र बहिर्गमनको बाटोमा इमानदारपूर्वक लाग्नुपर्ने। इजलास फर्किएको भन्दै यी शर्तमा तलमाथि गर्न खोजे फेरि आफूहरूले उनले तोकेका मुद्दा नहेर्ने चेतावनी पनि उनीहरूले दिएका थिए।  मंगलबार उनीहरू इजलास बसेनन्। दस न्यायाधीशलाई तोकेका बन्दिप्रत्यक्षीकरण मुद्दामा इजलास नबस्ने जनाउ दिए। प्रधानन्यायाधीश राणाले सहमति तोडेर छलछाम गर्न खोजेको भन्दै इ...
सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

खेलकुद
साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्सबाटै कतार पुगेका थिए। कतार उड्नुअघि अलमुताइरीले अब नेपाल नफर्कने बताएका थिए। साथै उनले आफ्नो सम्झौता सकिएको भन्दै अन्तर्वार्ता दिएका थिए। यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अलमुताइरीसँग अझै एक वर्ष सम्झौता बाँकी रहेको सार्वजनिक गरेका थिए। यो बीचमा अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए।  Advertisement शेर्पा नेपाल फर्केपछि अलमुताइरीले आफ्नो फेसबुकमार्फत् नेपाली राष्ट्रिय टिमसँगको सम्झौता तीन वर्ष थप भएको सार्वजनिक गरेका थिए। यो विषयमा एन्फाले कुनै औपचारिक जानकारी भने गराएको थिएन। फेसबुकमा नेपाली टिमसँगको सम्झौता तीन वर्ष थप भएको लेखेपछि उनी नेपाल फर्किए। नेपाल फर्किएर खेलकुद मन्...