२०८३ कार्तिक १४

देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ।


Advertisement


आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्र छ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ। निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न यथाशक्य प्रयास गर्न निर्देशन दिएको छ । निर्वाचनमा जानै परेको खण्डमा पनि समूहगत निर्वाचनमा जान नपाइने माओवादीको निर्देशन रहेको छ ।

अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् । 

११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap