२०८१ बैशाख १२

कांग्रेस प्रदेश अधिवेशन : दाङ ३ ‘क’ मा देवेन्द्र रिजाल विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ प्रदेश (क)को सभापतिमा संस्थापनइतर पक्षधर  देवेन्द्र रिजाल निर्वाचित भएका छन्।


Advertisement


रिजाल १९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे।

त्यस्तै, उपसभापतिमा पुष्पराज गिरी १९४ र शालिकराम रेग्मी १८० मत प्राप्त गरी विजयी भएका छन्।

सचिव पदमा तेजविक्रम डाँगी १९८ मत प्राप्त गरी विजयी भएका छन्। तर, अर्को सचिव पदमा खत्री प्यानलका किरण केसीले १८४ मत प्राप्त गरी निर्वाचित भएका छन्।

सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरे।  

त्यस्तै, सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

Copy link
Powered by Social Snap