२०८३ कार्तिक १३

थ्रीस्टारको सानदार सुरूवात, शेर्पा र संकटाले अंक बाडे

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले विजयी सुरूवात गरेको छ।


Advertisement


शनिबार भएको खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० गोलले पराजित गर्‍यो।

थ्रीस्टारको जितमा निशान खड्का, राफायल र अनन्त तामाङले एक एक गोल गरे।

निशानले २२ मिनेटमा फ्रिककमार्फत गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए।

२६ मिनेटमा च्यालसका विकास मेराग्लियाको पेनाल्टीलाई थ्रीस्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा राफायलले हेमान्त थापामगरको फ्रिकिममा हेड गर्दै अग्रता दोब्बर पारे।

५८ मिनेटमा अनन्तले पनि हेमन्तकै फ्रिकिकमा तेस्रो गोल गरेका थिए। 

यता दिनको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी एक एक गोलको खेलेका छन्।

खेलको ६० मिनेटमा लक्ष्मण रूचालको गोलबाट संकटाले अग्रता लिएको थियो।

चार मिनेट पछि नै शेर्पाका त्रिदेव गुरुङले बराबरी गोल फर्काए।

लिगमा आइतबार ब्रिगेड ब्वाइज र एपिएफ तथा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap