प्रधानसेनापति राष्ट्रिय टेनिस मंसिर अन्तिम साता
नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ।
Advertisement
प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ।
खुल्लातर्फ पुरुष/महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ। यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ। पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन्। पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमश...









