२०८३ बैशाख २३

Author: Senior Editor Nima

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् । Advertisement महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाप र मधुमेहसम्बन्धी परीक्षण गराएको डा हेमन्त गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउनेमध्ये केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्बन्धी समस्या देखिएको पनि डा. गौतमले बताए । कोभिड–१९ को संक्रमणक...
देउवालाई शशांकले भने- ‘म एकताको पक्षमा छु, पक्ष/विपक्षमा लाग्दिनँ’

देउवालाई शशांकले भने- ‘म एकताको पक्षमा छु, पक्ष/विपक्षमा लाग्दिनँ’

राजनीति
काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको जनाउँदै कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका हुन् । Advertisement भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सभापति जिताउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । देउवालाई जवाफ दिँदै शशांकले 'म पार्टी एकताको पक्षमा रहेको र कसैको पक्ष/विपक्षमा नलाग्‍ने बताएका थिए ।' १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । ...
दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ : कोइराला

दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ : कोइराला

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । Advertisement परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । ...
कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का

कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का

राजनीति
अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणमा अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गरेका छन् । कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का भएका हुन् । Advertisement पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ । दोस्रो चरणमा सिंह, निधि र गुरुङले पनि देउवालाई नै समर्थन गरेपछि कोइरालामाथि दबाब परेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् । आफूविरुद्ध बाँकी स...
२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सृष्टि शेरचन इम्ब्रोइडरी अर्थात् सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कला।  यो कला संसारका जुनैकुनामा चर्चित छ। यसको सुरूआत कहाँ र कसरी सुरू भयो भन्नेबारे स्पष्ट जानकारी भने छैन। इतिहासमा इम्ब्रोइडरी तेह्रौं शताब्दीतिर चीनमा भेटिएको रेकर्ड छ।  त्यो बेलादेखि अभ्यास गरिएको इम्ब्रोइडेरी अझै पनि हस्तकला क्षेत्रमा विशेष मानिन्छ। विश्व बजारमा यो काम र कलालाई कदर गरिन्छ र यसका लागि मानिसहरू पैसा खर्चिन पनि तयार हुन्छन्। Advertisement यो कलालाई आगामी पुस्तासम्म अगाडि बढाउन विदेशमा कतिपय विद्यालयले इम्ब्रोइडरीलाई पाठ्यक्रममै राखेका छन्। यही इम्ब्रोइडरीलाई नेपालमा नयाँ पुस्ताकी सृष्टि शेरचनले 'हातको कला' बाट चिनाइरहेकी छिन्।  २३ वर्षीया सृष्टिलाई पनि यसको मोह भने विदेश हुँदै पलाएको हो। परिवारसँग सिंगापुर पुगेकी उनी त्यहीँ बसेर पढ्...
‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

‘टालो’ बेचेरै महिनामा ३० लाखसम्मको व्यापार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
निखिल सापकोटा आइटीका विद्यार्थी हुन्। २५ वर्षीय उनलाई सानैदेखि कम्प्युटरमा काम गर्ने रहर थियो। त्यतिबेला वेब-डिजाइन क्षेत्र बिस्तारै उदाउँदै थियो र यो काममा धेरै मान्छे संलग्न थिएनन्। निखिल अमेरिकाका ठूला सूचना-प्रविधि कम्पनीमा काम गर्ने सपना देख्थे। सपना साकार पार्न वेब-डिजाइनिङबारे घरमै अध्ययन गर्न थाले। केही काम सिके पनि। उनी १४ वर्षकै हुँदा पाकिस्तानको एउटा टेलिकम कम्पनीमा जागिरका लागि आवेदन दिए। निखिलका अनुसार उनले जागिर पनि पाए। त्योबेलै दस हजार तलबमा। त्यसलगत्तै उनले अन्य थुप्रै विदेशी कम्पनीमा वेब-डिजाइनरका रूपमा काम गर्न थाले। Advertisement लामो समय एउटै क्षेत्रमा काम गरिरहेका उनको मनले भने नयाँ काम खोजिरहेको थियो। राम्रो विदेशी कम्पनीमा राम्रै तलब खाइरहँदा पनि उनलाई सधैं अर्काका लागि काम गर्...
२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

२ हजारमा व्यवसाय सुरू गरिन्, मासिक कारोबार २५ हजारदेखि लाखसम्म

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
ओ माई ह्यान्डमेडकी सञ्चालक सुष्मा कार्की।  नयाँ बानेश्वरको एउटा सानो पसलले हरेक बटुवाको ध्यान तान्छ।  यहाँ चित्रकलाले भरिएका स-साना क्यानभास, मोबाइलका खोल, टोट ब्याग (झोला) र सिरानीका खोलहरू राखिएको छ। योसँगै केही कप र घरभित्र राखिने बिरूवाहरूले पसल सजिएको छ।  सानो भए पनि पसलको सजावट लोभलाग्दो छ। पसलको नाम हो 'ओ माई ह्यान्डमेड'।  ओ माई ह्यान्डमेड यस्तै चिटिक्क परेका, हातैले बनाइएको सामग्रीहरू पाइने थलो हो। पसल एवम् यो व्यवसायका सञ्चालक हन् २४ वर्षीया सुष्मा कार्की।  Advertisement पसल चलाउने मात्रै होइन, ओ माई ह्यान्डमेडमा उपलब्ध हरेक सामान सुष्मा आफैं बनाउँछिन्। विगत सात वर्षदेखि सञ्चालित ‌ओ माई ह्यान्डमेडको यो पसल भने गत भदौमा मात्र खुलेको हो। 'पहिले ओ माई ह्यान्डमेड अनलाइनमा मात्र केन्द्रित थियो। ग्राहकसँग सोधपुछ गर्दा धेरैको प...
कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुर्व्यवहार  गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। Advertisement महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरू भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए। महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।’  पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्...
वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास

वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास

खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको छानविन समितिले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई कारबाही गर्नुपर्ने निश्कर्ष निकालेको छ।  गत महिना खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई छानविन समितले सुरूमा स्पष्टीकरण सोधेको थियो।  पहिलो स्पष्टीकरणमा खेलाडीहरूले वर्गीकरण गलत भएकोले अन्तर्वार्ता दिएको भन्दै जवाफ पठाएका थिए। तर यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै छानविन समितिले दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। दोस्रो पटक पनि खेलाडीले आफ्नो भनाइ परिवर्नत गरेनन्। Advertisement त्यसपछि छानविन समितिले कारबाही गर्नु पर्ने निश्कर्ष निकालेको हो। समितिले कस्तो कारबाही गर्ने विषयमा भने केही ...
सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

राजनीति
मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोरोनाको एन्टिजेन परीक्षण गराउन आह्वान गरिएको छ।  Advertisement संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।  संसदीय मामीला आवद्ध सञ्चारकर्मी, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ। एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशन तयारीका सम्बन्धमा आज बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थललगायतको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। ...