२०८३ बैशाख २३

Author: Senior Editor Nima

एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित

एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित

खेलकुद
केलिएन एम्बाप्पेले दुई गोल गरेको खेलमा  पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोलाई हसजै हराएको छ।आइतबार राति भएको खेलमा पिएसजीले मोनाकोमाथि २-० ले जित निकालेको हो। Advertisement घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए। खेलको १२औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाएका उनले इन्जुरी समयमा दोस्रो गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे। उनले लिओनल मेसीको पासमा दोस्रो गोल गरेका थिए। पहिलो गोल एमबाप्पेले पेनाल्टीमार्फत गरेका थिए। प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोलका अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा एमबाप्पेको पहिलो हाफको दुई गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । योसँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौं गोल पूरा गरेका छन् । ...
बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : ओली

बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : ओली

राजनीति
नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताएका छन्।   भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए।  Advertisement अध्यक्ष ओलीले भने, 'हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौं।' केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताए।  पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट...
कृष्णभक्त पोखरेलको न जिल्ला अध्यक्ष पद पुनर्वहाली भयो, न केन्द्रीय सदस्यमा परे

कृष्णभक्त पोखरेलको न जिल्ला अध्यक्ष पद पुनर्वहाली भयो, न केन्द्रीय सदस्यमा परे

राजनीति
नेकपा एमालेले आइतबार ४३ जना केन्द्रीय सदस्यहरू मनोनित गर्‍यो। मनोनितको सूचीमा दुर्गा प्रसाईंदेखि लालबाबु पण्डितसम्म अटे। उपाध्यक्षमा नअटेपछि पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको भन्दै महाधिवेशनस्थल छाडेका थिए। अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको केन्द्रीय सदस्यमा नाम नअटाएपछि दुर्गा प्रसाईं फन्किएर निस्किएका थिए। Advertisement महाधिवेशन भएको जिल्ला चितवनबाट उपाध्यक्षमा दुई जना र केन्द्रीय सदस्यमा ९ जना नेताहरू ओलीको सूचीमा परेका थिए। त्यो सूचीमा पर्ने अपेक्षा भएर पनि नपरेका नेता कृष्णभक्त पोखरेललाई ओलीले मनोनितको सूचीमा पार्ने धेरैले आँकलन गरेका थिए। पोखरेल केन्द्रीय सदस्यको सूचीमा नपरेपछि उनी निकटका कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत रोष प्रकट गर्दै मनोनित गर्न पार्टीलाई दबाब दिँदै आएका थिए। तर शनिबार र आइतबार बसेको केन्द्रीय सम...
एमालेमा क–कसलाई पाए प्रदेशको जिम्मेवारी?

एमालेमा क–कसलाई पाए प्रदेशको जिम्मेवारी?

राजनीति
नेकपा एमालेले प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको हो। Advertisement यस्तै प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारीसमेत नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो । बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो। यस्तो छ सूची प्रदेश नम्बर १अध्यक्ष – तुलसी प्रसाद न्यौपानेउपाध्यक्ष – टिक चेम्जोङसचिव – चिन्तन पाठकसहसचिव – धन तामाङसहसचिव – शैलेश लामा प्रदेश नम्बर २ अध्यक्ष – राम अवतार यादवउपाध्यक्ष – रेवती पन्तसचिव – डा. कृष्ण पौडेलसहसचिव – फर्मुद नदाबसहसचिव – आरती भण्डारी बागमती प्रदेश अध्यक्ष – केशव पाण...
हिमालयन शेर्पालाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

हिमालयन शेर्पालाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

खेलकुद
साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। Advertisement शनिबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो। मछिन्द्रका लागि सुनील बलले खेलको २९ मिनेटमा पहिलो गोल गरे। पहिलो हाफमा १-० गोलले अघि रहेको मछिन्द्रले ६८ मिनेटमा अग्रता दोब्बर पारे। अजरबैजानका फरवार्ड नोर्लान जाहिदले मछिन्द्रका लागि दोस्रो गोल गरे। मनाङले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्‍यो। ७३ मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका विमल घर्तीमगरले तेस्रो गोल गरेका थिए। मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १० अंक नै छ। ...
काठमाडौं महानगरले तीन दिन महानगर दिवस मनाउने

काठमाडौं महानगरले तीन दिन महानगर दिवस मनाउने

राजनीति
काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ।  Advertisement आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो।  कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाउने गरिएको बताए।  उनले २७ औं महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप सुरूआत, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि बताए। प्रवक्ता डंगोलले भने, ‘२०५२ सालको मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो। त्यसपछि हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाउने गरिए...
दुबईमा चोरी भएको म्याराडोनाको घडी असममा बरामद

दुबईमा चोरी भएको म्याराडोनाको घडी असममा बरामद

खेलकुद
अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको दुबईमा हराएको घडी भारतको असाममा फेला परेको छ। करिब १३ हजार २ सय डलर मुल्य बराबरको हबलट घडी दुबईबाट हराएको थियो।  प्रहरीले म्याराडोनाको घडी शनिबार बिहान असमको शिवसागरमा फेला पारेको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३७ वर्षीय वाजिद हुसेनलाई पक्राउ गरेको छ। Advertisement घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालैमात्र दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।  ‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही अगाडि बढाइएको छ,’ शर्माले भनेका छन् ।  https://twitter.com/himantabiswa/status/1469519162938519552?ref_src=...
अन्तत: कांग्रेस सभापतिमा चार जनाको प्रतिस्पर्धा

अन्तत: कांग्रेस सभापतिमा चार जनाको प्रतिस्पर्धा

राजनीति
अन्तत: कांग्रेस सभापतिमा चार जना जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। छ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा चार जनाबीच हुने भएको हो।  हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि जनाले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका हुन्।  सभापतिमा शेरबहादुर देउवाले प्यानल बनाएका छन्। उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।  यसैगरी, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्। Advertisement सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस/आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश...
होबार्टले पहिलो जित निकाल्दा सन्दीप विकेटविहिन

होबार्टले पहिलो जित निकाल्दा सन्दीप विकेटविहिन

खेलकुद
बिग ब्यास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा होबार्टले पहिलो जित निकाल्दा नेपाली युवा सन्दीप लामिछाने विकेटविहिन बनेका छन्।  सिड्नीको घरेलु मैदानमा होबार्टले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सले निर्धारित १८ ओभरमा १५१ रन मात्र बनाउन सक्यो।  Advertisement वर्षाले केही बेर खेल अवरूद्ध हुँदा सिड्नीले १८ ओभरमा १९६ रनको नयाँ लक्ष्य पाएको थियो।  सिड्नीको लागि जोश फिलिपेले सर्वाधिक ७२, मोइसेस हेनरिक्स र जेम्स भिन्सले २६ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। होबार्टका लागि जोयल पेरिसले ३ तथा नाथन इलिसले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।  उसका लागि कप्तान तथा ओपनर म्याथु वेडले सर्वाधिक ९३ रन बनाए। सतक बनाउन ७ रनले चुकेका उनले ४६ बलम...
एमाले बैठक सुरू १५ एजेण्डामाथि छलफल,अमृतकुमार बोहोरा सल्लाहकार परिषदको अध्यक्षमा चयन

एमाले बैठक सुरू १५ एजेण्डामाथि छलफल,अमृतकुमार बोहोरा सल्लाहकार परिषदको अध्यक्षमा चयन

राजनीति
नेकपा एमालेको चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। भक्तपुरमा सुरू भएको बैठकमा १५ वटा एजेण्डामाथि छलफल सुरू भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।  Advertisement बैठकले चितवनमा शपथ लिन बाँकी सदस्यको शपथग्रहण र १०औं महाधिवेशनको सामान्य समीक्षा गर्ने कार्यक्रम रहेको छ।  पार्टी विधानको धारा ६५ अनुसारका केन्द्रीय सदस्यको मनोनयन पनि बैठकले गर्नेछ। रिजालका अनुसार बैठकले ९९ सदस्यीय पोलिट्व्युरो, ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीकै संख्या बराबरको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नेछ। जारी बैठकले  केपी ओलीको प्रस्तावमा अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका छन्। बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेक...