२०८१ बैशाख ८

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुर्व्यवहार  गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


Advertisement


महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरू भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।’ 

पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ।

Copy link
Powered by Social Snap