२०८० चैत्र १६

दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।


Advertisement


परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

Copy link
Powered by Social Snap