सभामुखले गल्ती सच्याउनुपर्छ वा राजीनामा दिनुपर्छ : एमाले
काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेका छन् । संसद् बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।
नेकपा एमालेले समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यस घटनामा सभामुखले गल्ती सच्याउनुपर्ने पोखरेलले बताएका हुन् । अथवा उनले राजीनामा दिनुपर्ने पोखरेलको माग थियो ।
Advertisement
शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । साथै पुस महिना सुरु भएसँगे एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए ।
एमालेमा पुस्तान्तरणबारे उठेको प्रश्नमा उनले एमालेभित्र ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको जिकिर गरे । बरु अन्य पार्टीले एमालेको निर्णय पछ्याएको उनको दाबी थि...









