२०८० चैत्र १६

देउवालाई शशांकले भने- ‘म एकताको पक्षमा छु, पक्ष/विपक्षमा लाग्दिनँ’

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको जनाउँदै कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका हुन् ।


Advertisement


भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सभापति जिताउनका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । देउवालाई जवाफ दिँदै शशांकले ‘म पार्टी एकताको पक्षमा रहेको र कसैको पक्ष/विपक्षमा नलाग्‍ने बताएका थिए ।’

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

Copy link
Powered by Social Snap