२०८१ बैशाख ७

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् ।


Advertisement


महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाप र मधुमेहसम्बन्धी परीक्षण गराएको डा हेमन्त गौतमले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउनेमध्ये केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्बन्धी समस्या देखिएको पनि डा. गौतमले बताए ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण गरिएको छ ।

साथै, समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ ।

Copy link
Powered by Social Snap