२०८३ बैशाख २५

Author: Senior Editor Nima

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त 

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त 

राजनीति
काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्त नियुक्त भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । Advertisement उनी यसअघिको कम्बोडियाको राजदूत थिए । श्रीवास्तव चीन विज्ञ मानिन्छन् । नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि रिक्त रहेको राजदूत पदमा श्रीवास्तवलाई नियुत्तः गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।  ...
 बहुमत वडासहित सुर्खेतको पञ्चापुरीमा कांग्रेस विजयी

 बहुमत वडासहित सुर्खेतको पञ्चापुरीमा कांग्रेस विजयी

राजनीति
काठमाडौं । बहुमत वडासहित नेपाली कांग्रेसले कर्णाली प्रदेशको पञ्चपुरी नगरपालिका जितेको छ ।  Advertisement सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुखमा कांग्रेसबाट लालवीर भण्डारीले ५ हजार ९०९ मत प्राप्त गरे । एमाले उमेदवार धन बहादुर थापाले ५ हजार ११८ मत प्राप्त गरे ।  उपप्रमुखमा पनि कांग्रेसनै विजयी भयो  । कांग्रेस उमेदवार मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत प्राप्त गर्दा एमालेबाट पराजित दुर्गा कुमारी जैसीले ५ हजार १६८ मत प्राप्त गरिन् । ...
काठमाडौं उपमेयरमा १२,१५७ मतसहित सुनिता पहिलो नम्बरमा

काठमाडौं उपमेयरमा १२,१५७ मतसहित सुनिता पहिलो नम्बरमा

राजनीति
काठमाडौं । काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् । Advertisement ३१ हजार २५३ मतगणना हुँदा डंगोललाई नेकपा (एकीकृत समाजवादी) उमेदवार रामेश्वर श्रेष्ठले आठ हजार ५४३ मतान्तरसहित पछ्याइरहेका छन् । श्रेष्ठले तीन हजार ६१४ मत प्राप्त गरेका छन् । ...
नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बर 

नेपालगञ्जमा कांग्रेसको अग्रता दोब्बर 

राजनीति
नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ ।  Advertisement गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उमेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गरेका छन् ।  राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन् ।  ...
नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य 

नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य 

खेलकुद
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डालाई १०२ रनको लक्ष्य पेश गरेको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।   नेपालका ओपनर बिन्दु रावलले २६, सरिता मगरले २२ रन बनाए । कविता जैशीले रनको खाता खोल्न सकिनन् भने अप्सरी बेगमले तीन र सिता रानामगरले ६ रन बनाए । रुविना क्षेत्रीले  १७ रन बनाउँदा डोली भट्ट ९ रनमा अविजित रहिन् ।  युगान्डाका जनेट एमबाबाजीले दुई विकेट लिइन् भने कोन्की अवाको, इभिलिन  एनिपो र रीता मुसामालीले एक एक विकेट लिए ।  पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । त्यससँगै नेपाल पाँच खेलको शृंखलामा १–० ले पछि परेको छ ।  ...
जनमतको आधारमा एमाले नै ठूलो पार्टी भएको पोखरेलको दाबी

जनमतको आधारमा एमाले नै ठूलो पार्टी भएको पोखरेलको दाबी

राजनीति
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् ।  Advertisement २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मतपरिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दाबी गरे ।  उनले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताए । यसअघि पनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरे पनि एमाले नै बिफल बनाएको उहाको भनाइ छ । उनले जनताका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उनले बताए । त्यस्तै महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखे । उनले निर्वाचनको मतपरिणामलाई आफू अनुकुलको बनाउन खोज्ने गठ...
भरतपुरमा मत बढाउँदै स्वतन्त्र उमेदवार पौडेल, प्रभाव क्षेत्रको गन्नै बाँकी !

भरतपुरमा मत बढाउँदै स्वतन्त्र उमेदवार पौडेल, प्रभाव क्षेत्रको गन्नै बाँकी !

राजनीति
काठमाडौं । भरतपुर महानगरपालिको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले मत बढाउँदै लगेका छन् । Advertisement गठबन्धनबाट रेनु दाहाल, एमालेका विजय सुवेदी र पौडेल मेयर पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । भुइँकटहर चुनाव चिह्न पाएका पौडेलले वडा नम्बर १ मा ४३०, २ मा ४९४ र  ३ मा ६४८ मत पाएका छन् । उनले निरन्तर मत बढाइरहेका छन् । अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ । वडा नम्बर ४ मा उनले हालसम्म ९६४ मत प्राप्त गरेका छन् । अब एक हजारको हाराहारीमा मत गन्न बाँकी छ । हालसम्म उनले २५३६ मत प्राप्त गर्दा रेनुले ५३१३, विजयले ५३१० मत पाएका छन् । यो समाचार तयार पार्दासम्म भरतपुरमा १५९३३ म गणना भएको छ ।  भरतपुरमा वडा नम्बर ६,१४ र १५ मा पौडेलको बलियो पकड रहेको बताइन्छ । ...
भरतपुरमा कडा टक्कर :  रेनु दाहाल र विजय सुवेदीको मतान्तर ३ 

भरतपुरमा कडा टक्कर :  रेनु दाहाल र विजय सुवेदीको मतान्तर ३ 

राजनीति
भरतपुर । भरतपुर महानगरपालिकामा दुई उमेदवारबीच कडा टक्कर देखिएको छ । Advertisement मेयरका उमेदवार रेनु दाहाल र विजय सुवेदीबीचको टक्कर कडा देखिएको हो । दाहालले अहिलेसम्म ५३१३ मत प्राप्त गरेकी छन् भने सुवेदीले ५३१० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले भने २५३६ मत प्राप्त गरेका छन् । ...
नेपाल १२ रनले पराजित

नेपाल १२ रनले पराजित

खेलकुद
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आज युगान्डासँग १२ रनले पराजित भएको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०२ रन बनाएको थियो । १०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको हो ।  यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको थियो ।  नेपालका लागि उपकप्तान इन्दु बर्माले सबैभन्दा धेरै १६ रन बनाइन् । डोली भट्टले १३, ओपनर विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  युगान्डाकी कोनसी अवेको र सराह एकितेङले दुई विकेट लिए । जनेट एमबाबाजी र रिता मुसामालीले एक/एक विकेट लिए ।  त्यसअघि, युगान्डाकी एमबाबाजीले...
वीरगन्जमा गठबन्धनका उमेदवार राजेशमानको फराकिलो अन्तर 

वीरगन्जमा गठबन्धनका उमेदवार राजेशमानको फराकिलो अन्तर 

राजनीति
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उमेदवार राजेशमान सिंह र एमालेका विजयकुमार सरावगीबीचको मतान्तर झनै फराकिलो बनेको छ । Advertisement सातवटा वडाको मतगणना गर्दासम्म जनता समाजवादी पार्टी (जसपा) का सिंह सरावगीभन्दा २ हजार ८२७ मतको फराकिलो अन्तरले अगाडि छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ का १० हजार ४८१ मत गणना गर्दा सिंहले ५ हजार १३३ मत आएको छ भने सरावगीले २ हजार ३०६ मत ल्याएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ सय ५३ मत पाएका छन् ।  ...