२०८१ बैशाख १५

नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य 

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डालाई १०२ रनको लक्ष्य पेश गरेको छ । 


Advertisement



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।  

नेपालका ओपनर बिन्दु रावलले २६, सरिता मगरले २२ रन बनाए । कविता जैशीले रनको खाता खोल्न सकिनन् भने अप्सरी बेगमले तीन र सिता रानामगरले ६ रन बनाए । रुविना क्षेत्रीले  १७ रन बनाउँदा डोली भट्ट ९ रनमा अविजित रहिन् । 

युगान्डाका जनेट एमबाबाजीले दुई विकेट लिइन् भने कोन्की अवाको, इभिलिन  एनिपो र रीता मुसामालीले एक एक विकेट लिए । 

पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । त्यससँगै नेपाल पाँच खेलको शृंखलामा १–० ले पछि परेको छ । 

Copy link
Powered by Social Snap