२०८१ बैशाख १५

भरतपुरमा मत बढाउँदै स्वतन्त्र उमेदवार पौडेल, प्रभाव क्षेत्रको गन्नै बाँकी !

काठमाडौं । भरतपुर महानगरपालिको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले मत बढाउँदै लगेका छन् ।


Advertisement


गठबन्धनबाट रेनु दाहाल, एमालेका विजय सुवेदी र पौडेल मेयर पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । भुइँकटहर चुनाव चिह्न पाएका पौडेलले वडा नम्बर १ मा ४३०, २ मा ४९४ र  ३ मा ६४८ मत पाएका छन् । उनले निरन्तर मत बढाइरहेका छन् ।

अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ । वडा नम्बर ४ मा उनले हालसम्म ९६४ मत प्राप्त गरेका छन् । अब एक हजारको हाराहारीमा मत गन्न बाँकी छ । हालसम्म उनले २५३६ मत प्राप्त गर्दा रेनुले ५३१३, विजयले ५३१० मत पाएका छन् । यो समाचार तयार पार्दासम्म भरतपुरमा १५९३३ म गणना भएको छ । 

भरतपुरमा वडा नम्बर ६,१४ र १५ मा पौडेलको बलियो पकड रहेको बताइन्छ ।

Copy link
Powered by Social Snap