२०८१ बैशाख १४

जनमतको आधारमा एमाले नै ठूलो पार्टी भएको पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । 


Advertisement


२९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मतपरिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दाबी गरे । 

उनले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताए । यसअघि पनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरे पनि एमाले नै बिफल बनाएको उहाको भनाइ छ । उनले जनताका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उनले बताए ।

त्यस्तै महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखे । उनले निर्वाचनको मतपरिणामलाई आफू अनुकुलको बनाउन खोज्ने गठबन्धनको षडयन्त्रलाई बिफल बनाउनुपर्ने बताए ।

Copy link
Powered by Social Snap