२०८३ बैशाख २५

Author: Senior Editor Nima

कलाकार मुनाल घिमिरे बने वडाध्यक्ष 

कलाकार मुनाल घिमिरे बने वडाध्यक्ष 

राजनीति
काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका मधुुसुदन शर्मा (मुनाल घिमिरे) निर्वाचित भएका छन् । उनी १ हजार ५२५ मतसहित निर्वाचित भएका हुन् । उनी कलाकार तथा निर्देशक हुन् ।  Advertisement उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत पाउँदा एकीकृत समाजवादीका भीमबहाद्र शार्कीले ३७७ मत पाए । घोराही उपमहानगर एमालेले जितिसकेको छ । ...
बाराको फेटामा विवेकशील साझा निर्वाचित

बाराको फेटामा विवेकशील साझा निर्वाचित

राजनीति
काठमाडौं । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा साझा पार्टीका रुस्तम अंसारी ४ हजार ४८५ मतसहित निर्वाचित भएका छन् ।  Advertisement उनका निकटतम प्रतिद्धन्द्धी एमालेकामा अमिरीलाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे । उपाध्यक्षमा विवेकशीलकै निलम शाहले ३ हजार ५७० मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी कमरुन खातुनले ३ हजार ३३३ मत प्राप्त गरिन् ।  विवेकशील साझा पार्टीले जितेको यो पहिलो पालिका हो । ...
ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

खेलकुद
काठमाडौं । युगान्डाको महिला क्रिकेट टोलीले बिहीबार नेपालविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । केभिन अविनोले अविजित ४२ रन बनाएपछि युगान्डाले नेपालविरुद्धको तेस्रो खेल ६ विकेटले जितेको हो ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।  यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ३–० को अग्रता लिएको छ । युगान्डाले पहिलो खेल १२ रनले जितेको थियो भने दोस्रो खेलमा एक विकेटको विजय हासिल गरेको थियो ।  नेपालका लागि ज्योति पाण्डेले ४७ रज बनाएकी थिइन् । उनले ५४ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले १...
पोखरामा ५५,२६७ मतगणना : धनराज निरन्तर अगाडि

पोखरामा ५५,२६७ मतगणना : धनराज निरन्तर अगाडि

राजनीति
पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । Advertisement नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ । पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार २१२ मतसहित चौथो स्थानमा छन् । ...
पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

राजनीति
पोखरा महानगरको निर्वाचनमा मेयरका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको आरोप लागेका नेता राजिव पहारीले पुष्टी गर्न चुनौती दिएका छन्।  आरोप पुष्टी भए जुनसुकै सजाय भोग्न पनि तयार भएको उनले बताएका छन्।   Advertisement पोखरा महानगरको मतगणनाका क्रममा अन्तर्घात देखिएको भन्दै एमालेकै नेता कार्यकर्ताले पहारीमाथि अन्तर्घातको आरोप लगाएका छन्। उनका स्वकीय सचिव भनिएका मनोज पहारीले अर्का एक व्यक्तिसँग गरेको फोन कुराकानीको रेकर्ड सार्वजनिक गर्दै नेता पहारीले मेयर उम्मेदवार थापालाई अन्तर्घात गरेको आरोप लगाएका थिए।   फोन कुराकानीमा मनोजले राजीव पहारीको राजनीतिमा अप्ठ्यारो आउन नहुने उल्लेख गरेका छन्।  गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यलाई मतदान गर्न रकमको समेत बार्गेनिङ गरेको उक्त अडिओमा सुन्न सकिन्छ।   कृष्ण थापालाई हराएबापत् आफूलाई प...
अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बुधबार आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको छ ।  Advertisement अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृखलाका लागि घोषणा गरिएको टोलीमा सुनिल धमला र विनोद भण्डारीले पुनरागमन गरेका छन् । तथापि दुवै जना पछिल्लो समय खेलेको जिम्बाब्वे ‘ए’विरुद्धको टोलीमा भने थिए । आदील अन्सारी र किशोर महतोले भने पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।  विश्वकप छनोटका रुपमा रहेको यस प्रतियोगिता ६ जुनदेखि १६ जुनसम्म हुनेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध ९ जुनमा खेल्नेछ । दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्नेछ । ओमानविरुद्धको दोस्रो खेल नेपालले १४ जुनमा र अमेरिकाविरुद्धको दोस्रो खेल १५ जुनमा खेल्नेछ ।  पछिल्लो समय आईसीसी क...
वीरगञ्जमा गठबन्धनका राजेशमान ६ हजार ८०० मतले अगाडि

वीरगञ्जमा गठबन्धनका राजेशमान ६ हजार ८०० मतले अगाडि

राजनीति
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन् । नेकपा (एमाले)का निवर्तमान मेयर विजय कुमार सरावगी ६ हजार ८७५ मतले पछाडि छन् । Advertisement वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८७८ मत पाएका छन् । एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् । पाँच हजार ९४८ मत बदर भएको छ भने २० हजार ७५१ मत सदर भएको छ । ...
महिला तथा सामाजिक सुरक्षा समितिले दियो सरकारलाई निर्देशन

महिला तथा सामाजिक सुरक्षा समितिले दियो सरकारलाई निर्देशन

राजनीति
काठमाडौं ।  प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक उत्तरदायित्वको पक्षलाई नीतिगत र व्यवहारिक रूपमा अधिक महत्त्व दिन सरकारलाई निर्देशन दिएको हो ।  Advertisement बैठकमा निर्णय सुनाउँदै समितिकी सभापति निरुदेवी पालले बजेटका विभिन्न चरणमा लैङ्गिक परीक्षण गरेर आर्थिक नीति एवं राष्ट्रिय विकास नीतिहरूबाट परेको असरबारे जानकारी गराउँदै नियमित विश्लेषण गर्न पनि सरकारलाई सुझाव दिइन्  । उनले महिलाको स्वास्थ्यलाई हानी गर्ने प्रकिृतिका प्याडहरूलाई निरुत्साहित गर्न र प्याडको सरल, सहज र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाउन पनि समितिले सरकारलाई निर्देशन दिइन् ।  यसैगरी, ब...
रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

खेलकुद
काठमाडौं । प्रिमियर लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । लिभरपुलले मंगलबार राति साउथह्याम्पटनमाथि २–१ को विजय हासिल गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको हो । यससँगै जारी सिजन चार उपाधि जित्ने लिभरपुलको सम्भावना पनि जिवित भएको छ ।  Advertisement गत शनिबार एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि लिग कपको पनि उपाधि जितेको थियो । लिभरपुलले गएराति अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको थियो । पाहुना टोली लिभरपुलले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै महत्वपूर्ण नतिजा निकाल्न सफल भएको हो ।  साउथह्याम्पटनले नाथन रेडमोन्डको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । २७औं मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले बराबरी गोल फर्काए । ६७औं मिनेटमा जो माटिपले गरेको गोल लिभरपुलको जितमा निर्णायक बन्यो ।  जितसँगै योर्गान क्लोपको लिभरपुलले अन्तिम ...
गृहमन्त्रीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश सुनाइन् चिनियाँ राजदूत यान्छीले

गृहमन्त्रीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश सुनाइन् चिनियाँ राजदूत यान्छीले

राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको दोस्रो दिन बुधबार यान्छीले गृहमन्त्री खाँणसँग भेटवार्ता गरेकी हुन् । त्यसक्रममा राजदूत यान्छीले नेपाली जनता र सरकारले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने भन्दै नेपालले तयार गर्ने मोडेलमा चीनको सधैँ सहयोग र सद्भाव रहेको बताएकी थिइन् । Advertisement गृह मन्त्रालय स्रोतले भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विविध विषयमा छलफल भएको जनाएको छ । राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा चिनियाँ राष्ट्रपति सी चिनफिङका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । ‘राष्ट्रपति सी चिनफिङले आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने ...