२०८१ बैशाख ८

वीरगन्जमा गठबन्धनका उमेदवार राजेशमानको फराकिलो अन्तर 

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उमेदवार राजेशमान सिंह र एमालेका विजयकुमार सरावगीबीचको मतान्तर झनै फराकिलो बनेको छ ।


Advertisement


सातवटा वडाको मतगणना गर्दासम्म जनता समाजवादी पार्टी (जसपा) का सिंह सरावगीभन्दा २ हजार ८२७ मतको फराकिलो अन्तरले अगाडि छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ का १० हजार ४८१ मत गणना गर्दा सिंहले ५ हजार १३३ मत आएको छ भने सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ सय ५३ मत पाएका छन् । 

Copy link
Powered by Social Snap