रियाल र बार्सिलोना बराबरीमा रोकिए
काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन् । उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १–१ को बराबरी खेलेको हो । दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
Advertisement
रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । ३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए ।
बराबरीपछि लिगमा एक खेल बाँकी हुँदा रियाल ८५ अंकका साथ शीर्ष स्थानमा छ । रियाल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ । रियाल अब च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ । रियालले च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलविर...









