२०८३ बैशाख २५

Author: Senior Editor Nima

नेपालका हिमाल पग्लिए, विश्वकै ध्यानाकर्षण गराउनुपर्छ : ओली

नेपालका हिमाल पग्लिए, विश्वकै ध्यानाकर्षण गराउनुपर्छ : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकासको काम अघि बढाउँदा वातावरणीय प्रश्नलाई केन्द्र भागमा राख्नुपर्ने बताएका छन् । Advertisement विश्व वातावरण दिवसका अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले विकासले मात्रै दिगो विकास हुन नसक्ने भन्दै यसका लागि वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्ने बताए ।  अहिले नेपालका हिमालहरू पग्लँदै जाने खतरा रहेको भन्दै उनले जलवायु परिवर्तनका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले जलवायु परिवर्तनमा विश्वकै ध्यानाकर्षण गराउनका लागि यसअघि सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको पनि बताए ।  कार्यक्रमपछि ओलीले एमाले मुख्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा वृक्षारोपण गरेका थिए । ...
सांसद नरहेका कुँवर पनि बन्ने भए मन्त्री

सांसद नरहेका कुँवर पनि बन्ने भए मन्त्री

राजनीति
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन्। नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैरसांसद रहने भएका हुन्। Advertisement एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन्। उनीसहित नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले सोमबार सपथ ग्रहण गर्ने छन्। कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो। मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। यसअघि प्रधानमन्त्री देउवाले चैत २४ गते बरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरेका थिए। ...
नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

खेलकुद
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैजना घाइते भएका छन् ।  Advertisement दुवैको खुट्टामा चोट लागेका कारण शृंखलाको पहिलो खलमा फिट हुने सम्भावना कम रहेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जनाएको छ । क्यानको मिडिया कमिटीका सदस्य भानु सिग्देलकाअनुसार सुवास खकुरेललाई टोलीमा समावेश गरिने छ । विकेटकिपर तथा ब्याट्सम्यान सुवासले नेपालमा सम्पन्न बन्द सत्रमा प्रशिक्षण गरेका थिए । बन्द प्रशिक्षणमा विकेटकिपर र ब्याट्सम्यानको भूमिका सुवासको प्रदर्शन सन्तोषजनक रहेको सिग्देलले बताएका छन् ।  अमेरिका भ्रमण नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सविरुद्ध अभ्यास खेल खेलेको थियो । नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको नेपाली टोलीले हरिक...
कांग्रेसका कारण केही स्थानमा हार्‍यौँ : माधव नेपाल

कांग्रेसका कारण केही स्थानमा हार्‍यौँ : माधव नेपाल

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । Advertisement आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा उनले कांग्रेस नेता–कार्यकर्ताले तालमेलअनुसार इमानदारीपूर्वक भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टी हारेको बताएका हुन् । एकीकृत समाजवादीले जिते कांग्रेसलाई पनि फाइदा हुने भन्ने कुरा कांग्रेसले बुझ्न जरुरी रहेको उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र)भित्र पनि यस्तै स्थिति रहेको उनले उल्लेख गरे । निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा उनले प्रशंसा गरे । ...
जनकपुरधाम उपमहानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

जनकपुरधाम उपमहानगरको कार्यपालिकामा कांग्रेसको बहुमत

राजनीति
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । जम्मा १३५ सदस्यमध्ये ७५ जना कांग्रेसबाट निर्वाचित सदस्य हुन् ।  Advertisement शुक्रबार भएको आठजना सदस्यको निर्वाचनमा पनि ६ जना कांग्रेसबाट निर्वाचित भए । महिलातर्फ कांग्रेसको प्यानल नै विजयी भयो । पाँच सदस्य छनोटका कांग्रेस र एमालेबाट १० जनाको उमेदवारी परेको थियो । महिलातर्फ एमालेका सबै उमेदवार पराजित भए । कांग्रेसकी सारदा पन्त ६८,  मनिष कुमारी दुवे ६७, फुलकुमारी देवी ६२, शैल कुमारी चौधरी ६१ र सञ्जुदेवी ६० मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै तीन पदका लागि भएको निर्वाचनमा दलित अल्पसंख्यक सदस्यतर्फ एमालेका दुई र कांग्रेसका एक जना निर्वाचित भएका छन् । कांग्रेसका राकेश विक्रम साह सार्वधिक मत प्राप्त गरी विजयी भए । साहले ८६ मत ल्याउँदा कांग्रेसबाट उम्मेदवारी दिएका रामप्रव...
एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

खेलकुद
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको न्युरोड टिम (एनआरटी)ले प्रि-सिजन खेलका लागि मलेसिया भ्रमण गर्ने भएको छ । Advertisement एनआरटीले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न लागेको हो । उक्त प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।  २० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।  ‘‘अर्को सिजन हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स...
प्रतिनिधि सभाको अर्को बैठक सोमबार

प्रतिनिधि सभाको अर्को बैठक सोमबार

राजनीति
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते बस्ने भएको छ । Advertisement सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने बताए ।  उक्त बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।
पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर 

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । Advertisement  राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् । महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे । ...
प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

खेलकुद
काठमाडौं । फागुराम थारूको ह्याट्रिकप्रेरित प्लानिङ ब्वाइज युनाइटेड शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओसिस क्लबलाई ५–० ले हराएको छ । जितसँगै प्लानिङ ब्वाइज सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ । Advertisement जितसँगै १३ खेलबाट ३१ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । समान ३१ अंक जोडेको झापा फुटबल क्लब दोस्रो स्थानमा छ । एक खेलअघि नै ‘बी’ डिभिजन लिगमा स्थान सुरक्षित गरेको झापाले आजै अन्तिम खेलमा स्वयम्भू क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।  हारसँगै ओसिस भने रेलिगेसनमा परेको छ । ओसिस र वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेका हुन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा प्लानिङको जितमा फागुराम थारूले ह्याट्रिक गोल गरे । उनले तेस्रो मिनेटमा गरेको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । आठौँ मिन...
प्रतिपक्षीको टिप्पणी बाध्यता मात्रै हो, मनैदेखि लागेर भनिएको होइन : अर्थमन्त्री शर्मा

प्रतिपक्षीको टिप्पणी बाध्यता मात्रै हो, मनैदेखि लागेर भनिएको होइन : अर्थमन्त्री शर्मा

राजनीति
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्ष सांसदका बजेटमाथिका टिप्पणीलाई बाध्यतामा बोलिएका विषयका रूपमा व्याख्या गरेका छन् । Advertisement बजेटमाथि उठाइएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले प्रतिपक्षले मनबाट भन्दा पनि बाध्यताले मात्र बोलिरहेको बताए ।   “यो बजेट कुनै चुनाव हेरेर बनाइएको होइन, यो देशको अर्थतन्त्रको अवस्था हेरेर त्यसलाई कसरी माथि उठाउन सकिन्छ भनेर निर्माण गरिएको हो,” अर्थमन्त्री शर्माले भने, “प्रतिपक्षकै साथिहरूलाई पनि यो चुनाव हेरेर ल्याएको भन्ने मनबात लागेको छैन । कतिपय बाध्यता हुन्छन्, उहाँहरू त्यही बाध्यतामा बोल्नुभएको मात्रै हो ।” ...