२०८१ जेष्ठ ५

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर 

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् ।


Advertisement


 राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे ।

Copy link
Powered by Social Snap