२०८३ बैशाख २५

Author: Senior Editor Nima

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

खेलकुद
काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मंगलबार मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेटले हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । आज थाइल्यान्डसँग हारेपछि नेपालको सम्भावना लगभग समाप्त भएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्...
बूढीगंगाको मतगणना गर्ने कि पुनः मतदान गर्ने निर्णय आयोगले गर्ने हो : गृहमन्त्री 

बूढीगंगाको मतगणना गर्ने कि पुनः मतदान गर्ने निर्णय आयोगले गर्ने हो : गृहमन्त्री 

राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय गर्ने विषय सरकारको नभएको बताएका छन् ।  मंगलबार संसदमा उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताए । “त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो । निर्वाचन आयोगले गर्ने निर्णयमा सहयोग पुर्याउनु हाम्रो दायित्व हो,” उनले भने ।  गृहमन्त्री खाँणले सुरक्षाको प्रबन्ध मिलाउन नसकेकाले त्यहाँ नयाँ टिम पठाइएको जानकारी पनि दिए । “त्यहाँको सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका डीएसपीलगायत शसस्त्र प्रहरीको डीएसपीलाई सरुवा गरेर अर्को पठाइएको छ । उहाँहरूले सुरक्षाको समुचित प्रबन्ध गर्न नसकेको,” उनले भने,“ सुरक्षाको प्रबन्ध गर्ने दायित्व राज्य, सरकार सुरक्षा निकायको...
दक्षिण कोरियाले चिलीलाई हरायो

दक्षिण कोरियाले चिलीलाई हरायो

खेलकुद
काठमाडौं । ह्युङ–मिन सन र ही–चेन ह्वाङको गोलमा दक्षिण कोरियाले सोमबार मैत्रीपूर्ण खेलमा दश खेलाडीमा सीमित चिलीलाई २–० हराएको छ ।  डेजियोन विश्वकप रंगशालामा ह्वाङको गोलबाट घरेलु टोली दक्षिण कोरियाले १२औँ मिनेटमा अग्रता लिएको थियो । ५२औँ मिनेटमा एलेक्स इबाकाचले रातो कार्डको सामना गरेपछि चिली १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा सनले अर्को गोल थपेपछि दक्षिण कोरियाले विजय हासिल गरेको हो ।  दक्षिण कोरिया यसअघि ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । त्यस्तै चिलीको यो लगातार तेस्रो हार हो । यसअघि चिली विश्वकप छनोटको खेलमा ब्राजिल र उरुग्वेसँग पराजित भएको थियो ।  ...
दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम 

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, अब शनिबारमात्रै कायम 

राजनीति
काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो । ...
निजगढ विमानस्थलबारे सर्वोच्चको आदेशमा भएका टिप्पणीमा सर्वोच्च अदालत बारको आपत्ति

निजगढ विमानस्थलबारे सर्वोच्चको आदेशमा भएका टिप्पणीमा सर्वोच्च अदालत बारको आपत्ति

राजनीति
काठमाडौं । बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशलाई लिएर सरकार, संसदीय समिति र राजनीतिक दलको नेतृत्वबाट भएका आलोचना र टिप्पणीलाई लिएर सर्वोच्च अदालत बार एसोसिएसन (बार)ले आपत्ति जनाएको छ ।  Advertisement प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जेठ १६ गते सर्वोच्च अदालतको आदेश कुनै पनि दृष्टिबाट उचित नदेखिने आधार बनाएर ‘विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउनू’ भनी सरकारलाई दिएको निर्देशनले न्यायालयको स्वतन्त्रपूर्वक न्याय निरूपण गर्ने अधिकारमाथि नै गम्भीर प्रहार गरेको बारको ठहर छ ।  "न्यायपालिकाबाट भएका फैसलाको स्वस्थ टिकाटिप्पणी हुनसक्ने भएपनि मौलिक हकको संरक्षक, संविधान तथा कानुनको अन्तिम व्याख्याता रहेको सर्वोच्च अदालतप्रति आदेशको पूर्ण पाठसमेत नआउँदै ज...
देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् ।   Advertisement मन्त्री आलेले भने, “मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ ।”  उनले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गरे ।   मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी सो समूहले गरेका कामलाई देश र जनताका पक्षमा ल्याएको दाबी पनि गरे ।   ...
देउवा, प्रचण्ड, नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति

देउवा, प्रचण्ड, नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।  Advertisement स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो ।  स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्वव्यापी अभ्यास नेपालमा पनि लागु हुने बताए ।  “बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा हुँदैन र हाम्रोमा पनि हुँदैन,” खतिवडाले भने, “त्यसैले बजेट पारित नहुँदासम्म केही पनि हुँदैन भनेर बुझ्दा हुन्छ ।” ...
हदम्यादबारेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

हदम्यादबारेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरूले उठाएका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिए ।   जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरि...
बजेट छलफलमा सांसदहरुको अरुचि

बजेट छलफलमा सांसदहरुको अरुचि

राजनीति
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०७९/२०८० को बजेटमाथिको छलफल सांसदहरुको सक्रिय सहभागिता देखिएको छैन । २ सय ७५ जना मध्ये शुक्रबार एकै दिन ७९ जना सांसद बैठकमा सहभागी नभएको जानकारी संसद सचिवालयले दिएको छ । यसबाट विनियोजित विधेयकमाथि सांसदहरुको जिज्ञासा, सुझाव, छलफल र चासो कम देखिएको छ । जति कुरा उठाएपनि अर्थमन्त्रीले पेस गरेको बजेट वक्तव्यका प्रावधानहरु परिवर्तन नहुने परिपाटीका कारण पनि सांसदहरुले औपचारिकता मात्र पूरा गर्दै आएको दलका नेताहरु नै बताउँछन् । Advertisement पूर्वसभामुख सुवाचन्द्र नेम्वाङ आफ्ना नेताले बोल्ने वा अरु कुनै विशेष कारण बाहेक बैठकमा सांसदहरुको संख्या कम हुनुलाई संसारभरकै चलन भएको बताउँछन् । धेरै सांसदको उपस्थिति उत्तम भएपनि बेलायतमासमेत त्यो सम्भव नभएको धारणा उनको छ । नेम्वाङ ...
नागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गरिने

नागरिकता विधेयक दलीय सहमति जुटाएर पेस गरिने

राजनीति
काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभामा लामो समयदेखि विचाराधीन नागरिकता ऐन, २०६३ संशोधन विधेयक संसदीय प्रक्रियामा अगाडि बढाउनेबारे गृहमन्त्री बालकृष्ण खाँणले मन्त्री र सरोकारवालासँग छलफल गरेका छन् ।  Advertisement गृहमन्त्री खाँणले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) तथा प्रतिनिधि सभामा कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतसँग छलफल गरेका हुन् । छलफलमा गृहसचिव टेकनारायण पाण्डेलगायतका गृह मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको चालु अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए&nb...