२०८३ बैशाख २५

Author: Senior Editor Nima

नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

खेलकुद
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खला खेल्नका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (बिहीबार) नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । नेपाली अल स्टार्सविरुद्ध नेपाली टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ ।  Advertisement अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, आशिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल र आदिल आलम । नेपाली अल स्टार्सः पृथु बास्कोटा (कप्तान), आन्द्रेस गोउस, उदय कौल, नितिश कुमार, मार्टे कैन, गौरब बजाज, हेथ रिचार्डस्, विपुल शर्मा, आदील भट्टी, हरमीत सिंह, बसन्त रेग...
ब्राजिलको जितमा नेइमारको दुई गोल

ब्राजिलको जितमा नेइमारको दुई गोल

खेलकुद
काठमाडौं । नेइमारले पेनाल्टीमा दुई गोल गरेको खेलमा ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ५–१ को विजय हासिल गरेको छ ।  Advertisement दक्षिण कोरियाको सियोलको विश्वकप रंगशालामा ब्राजिलले सातौँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीका वि जो ह्वाङले ३१औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गरेको गोलबाट ब्राजिलले पुनः अग्रता लियो । ५७औँ मिनेटमा नेइमारले पेनाल्टीमै अर्को गोल थपे । ब्राजिलका फिलिप कौटिन्होले ८०औँ मिनेटमा चौथो गोल गरे । इन्जुरी समयमा गाब्रियल जिससले अर्को गोल गरेपछि ब्राजिलले फराकिलो जित निकालेको हो ।  ब्राजिलले अब अर्को मैत्रीपूर्ण खेल जापानसँग खेल्ने छ । त्यसपछि ब्राजिलले अर्जेन्टिनाविरुद्ध फिफा विश्वकप छनोटको खेल खेल्नेछ । तथापि ब्राजिल दक्षिण अमेरिक...
सालिक राखेर राजा फर्कने होइन : कमल थापा 

सालिक राखेर राजा फर्कने होइन : कमल थापा 

राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा  सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् । Advertisement अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् । “आन्दोलनको रापतापमा राजालगायत बीपी, भानुभक्त समेतको सालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगन्जमा जहाँ पहिले राजा वीरेन्द्रको सालिक थियो, त्यहाँ अहिले सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन । सालिक राखेर राजा फर्कने होइन । इतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनु हुन्न,” उनले लेखेका छन् । ...
बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री देउवा जेठ २८ मा अमेरिका जाँदै 

बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री देउवा जेठ २८ मा अमेरिका जाँदै 

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् । Advertisement अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ । बालुवाटार स्रोतले प्रधानमन्त्रीको भ्रमण तयारीबारे पुष्टि गर्दै मिति भने निश्चित नभइसकेको बतायो । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ । प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३–२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् । ...
यूएईविरुद्ध अमेरिकाको जित

यूएईविरुद्ध अमेरिकाको जित

खेलकुद
काठमाडौं । नेपाल सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि अमेरिकाले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध चार विकेटको विजय हासिल गरेको छ ।  Advertisement अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै स्कटल्यान्ड र यूएई सम्मिलित त्रिदेशीय शृंखलामा विजय हासिल गरेको हो । टेक्ससको पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो भने २०४ रनको लक्ष्य अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।  जितसँगै अमेरिकाले १९ खेलबाट १८ अंक जोडेको छ । अमेरिका चौथो स्थानमा छ । २० खेलबाट २२ अंक जोडेको युएई तेस्रो स्थानमा छ । ३२ खेलबाट ४० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १९ खेलबाट २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १२ खेल...
नामकरणको दबाबमा प्रदेश–१ सरकार

नामकरणको दबाबमा प्रदेश–१ सरकार

राजनीति
विराटनगर । प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा समेत १ नम्बर प्रदेशको नामकरण भएको छैन । सातमध्ये छ प्रदेशले नाम पाइसकेका छन् । आफ्नो नाम आफैँ तोक्ने अधिकार प्रयोग भई अरू प्रदेशसभाबाट प्रदेशहरूले नाम पाएका हुन् । तर, प्रदेश–१ मा भने यसका लागि पहल नै सुरु भएको छैन । अहिले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई गठबन्धन सरकारको मुख्यमन्त्री छन् । राईले प्रदेशसभाको दशौँ अधिवेशन उद्घाटन क्रममा सदनमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले पहल लिनुपर्ने बताए । Advertisement उनले भने, “प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले नै हो । नाम तोक्ने विषयमा उसैले तदारुकता देखाउनुपर्छ । हाम्रो दलसँग त सांसद संख्या पनि थोरै छ ।” मुख्यमन्त्री राईले नामका विषयमा एमालेले नै पहल लिँदा उचित हुने तर्क गर्दै त्यसो नभए प्रक्रियामा जाने बताएका छन् । प्रदेश–१ सरकार यही अधि...
देउवाले बालेनलाई भने– चमत्कार गर्नुभयो, मलाई चौबीसै घण्टा सम्झन सक्नुहुनेछ 

देउवाले बालेनलाई भने– चमत्कार गर्नुभयो, मलाई चौबीसै घण्टा सम्झन सक्नुहुनेछ 

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । Advertisement प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चमत्कार भएको बताएका थिए । “तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ,” देउवाको भनाई थियो । देउवाले केन्द्र र प्रदेश सरकार साथमा रहेकाले जनताका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । यता काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेश आचार्यले शिष्टाचार भेट भएको बताए ।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मेयर शाहले काठमाडौंमा कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताएका थिए ...
प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफ– हामी हार्न तयार छौँ

प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफ– हामी हार्न तयार छौँ

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।  Advertisement माओवादी अध्यक्ष प्रचण्डले बुधबारनै काठमाडौंमा भएको कार्यक्रममा एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस्, कांग्रेस नेताहरुले धेरै दम्भ नदेखाउन् भन्दै धम्काएका थिए ।  उनले स्थानीय तहमा धेरै ठाउँ जितेपछि कांग्रेस नेताहरूमा ओलीको जस्तो दम्भ आए जोखिम हुने पनि बताएका थिए ।  जवाफमा पौडेलले इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको लेखेका छन् । उनले कांग्रेस हार व्यहोर्न तयार भएपनि जनताको पक्षमा लड्न नछाड्ने भन्दै लेखेका छन् । “ इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पन...
आगामी चुनावमा पनि गठबन्धन हुन्छ, कांग्रेस लगायतसँग भन्दा एमालेसँग गठबन्धन अलि सजिलो छ : कमल थापा 

आगामी चुनावमा पनि गठबन्धन हुन्छ, कांग्रेस लगायतसँग भन्दा एमालेसँग गठबन्धन अलि सजिलो छ : कमल थापा 

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आउँदो संसदीय चुनावमा पनि सहकार्य गरेर मात्र पार्टीले चुनाव लड्ने बताएका छन् । उनले संसदीय चुनावमा देशभर चुनावी सहकार्य नगर्ने भन्दै केही सीमित जिल्लामा सम्मानजनक सिटका साथ चुनावी सहकार्य हुने बताए ।  Advertisement बुधबार हेटौडामा वागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय चुनावमा पनि एमालेसँग सहकार्य गरेकाले अलि सजिलो उसँगै हुने बताए । साथै, सम्मानजनक सिट पाए कांग्रेसलगायत दलसँग पनि चुनावी तालमेल गर्न असहज नहुने तर्क उनको थियो ।  “एक्लै चुनाव लड्ने अवस्था हुँदैन । तालमेल गर्ने जुन् पार्टीले सम्मानजनक स्थान दिन्छ त्यहीँ पार्टीसँग मात्र हामी सहकार्य गर्छाैं,” उनले भने,“कांग्रेससँग पनि सहकार्यको ढोका खुल्ला छ । एमालेसँग हिजो पनि सहकार्य भयो हामीले गुन लगाएका छ...
राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राजनीति
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।  Advertisement बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आजै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।  उनले संसद्को दुवै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए । ...